विराटनगर । मोरङमा पेट्रोल तथा उज्वलनशील पदार्थ र एसिड भरिएको बोतल बोकेर हिड्न स्थानीय प्रशासनले निषेध गरेको छ । पहिचानवादी पक्षधरले शनिबार विराटनगरमा प्रहरीमाथि पेट्रोल बम्ब प्रहार गरेको घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले रोक लगएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले आइतबार एक सार्वजानिक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ अनुसार रड, फर्सा, पेट्रोल भरिएको वा उज्वलनशील प्रदार्थ भएको बोतल, एसिड लगायतका वस्तु बोकेर हिड्न÷हिडाउन निषेध गरिएको जानकारी दिनु भएको छ ।
शनिबार शान्तिपूर्ण शवयात्राका क्रममा रोडशेष चौकमा निषेधित क्षेत्रमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई ढुंगा, मुढा, लाठी, गुलेली, भाला, फलामको रड प्रहार गरिएको थियो ।