कोशी प्रदेश प्रहरी प्रमुखमा बास्तोला

कोशी प्रदेश प्रहरी प्रमुखमा बास्तोला

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी राजेशनाथ बास्तोलाले पाएका छन् । नेपाल सरकार गृहमन्त्रालयको मिति २०८० बैशाख ०६ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएसँगै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । पदभार ग्रहण पश्चात प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

उनले अन्तरआत्मालाई साक्षी राखेर जनताको सेवा गर्न उनले बताएका छन् । भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिदैं उनले तत्कालको कुनै पनि स्थितिलाई नियन्त्रणमा लिन र समय समयमा भएका आदेश निर्देशनलाई पालना गर्न उपयुक्त कार्य योजना बनाएर लागु गर्न मातहत प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छ्यौट, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन तथा दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त हुनु पर्ने र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाई भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्