मोरङ क्याम्पस विराटनगरमा अखिल भित्र तिव्र विवाद

मोरङ क्याम्पस विराटनगरमा अखिल भित्र तिव्र विवाद

विराटनगर । एमाले निकट अनेरास्ववियु भित्र मोरङ क्याम्पस विराटनगरको स्ववियु निर्वाचनसँग जोडिएर विवाद तिव्र देखिएको छ । स्ववियु निर्वाचनमा अध्यक्ष पदका उमेदवार हराउन लागेको भन्दै विवाद सतहतमा आएको हो ।

अखिलका कोशी प्रदेश संयोजक गोकर्ण घिमिरे, केन्द्रीय सदस्य जोसेफ घिमिरेले नेबिसंघका उमेदवारलाई जिताउन लाभ लिएको आरोप छ । उनीहरुमाथि कारवाही हुनु पर्ने माग संगठनकै नेताहरुले उठ्न थालेको छ । गत चैत्र ५ गते सम्पन्न स्ववियू निर्वाचनमा संगठनका उमेदवारहरु हराउन घिमिरेद्वयले चलखेल गरेको दावी छ ।

निर्वाचनको अघिल्लो दिन चैत्र ४ गते विराटनगरको एक होटलमा प्रदेश संयोजक घिमिरे र केन्द्रीय सदस्य जोसेफ, सचिव पदका उमेदवार सनिम ठकुरी तथा नेविसंघका अध्यक्ष पदका उमेदवार जशवन्त पौडेलसहितका नेताहरुबीच अनेरास्ववियुबाट अध्यक्ष पदका उमेदवार नविन पहाडीलाई हराउने सहमति भएको दावी छ ।

सचिवमा ठकुरीलाई मत माग्ने र अध्यक्षमा नेबिसंघका जसवन्तलाई जिताउनका लागि भएको सहमति बाहिरीएपछि मोरङ अखिल विवादको चटेपामा फसेको हो ।  विवादकै कारण महेन्द्र मोरङ क्याम्पसमा गुटगत आधारमा क्याम्पस कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । क्याम्पस कमिटी अध्यक्ष सनिम ठकुरी स्ववियु सचिवमा निर्वाचित भएपछि उनले उपाध्यक्ष आरोग्य थापा र सचिव केशव भण्डारीलाई कार्यवाहक नदिइ सदस्य रोमन खवासलाई दिएका छन् । यो विषयमा सल्लाह समेत नगरेको भन्दै इन्चार्ज नविन पहाडीले सामाजिक सञ्जालमै लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्