विश्व टिटी दिवस अवसर : विराटनगरमा प्रतियोगिता आयोजना गरेर मनाईयो

विश्व टिटी दिवस अवसर : विराटनगरमा प्रतियोगिता आयोजना गरेर मनाईयो

विराटनगर । विराटनगर–३ दुर्गा चौकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा एक दिने ‘विश्व टेबल टेनिस दिवस टेबल टेनिस प्रतियोगीता–२०२३’ सम्पन्न भएको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा महिला एवं बालिका र अपांगता भएका पारा टेबल टेनिस खेलाडीहरुलाई सहभागी गराएर प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगीतामा जम्मा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो । क्याडेट गर्ल्स सिङल्स, क्याडेट ब्वाइज सिंगल्स, गर्ल्स सिङल्स, ब्वाइज सिङल्स, पारा महिला स्ट्यान्डिङ सिङ्लस र अन्डर–८ उमेर समुहको मिनि क्याडेट ब्वाइज सिङल्स गरि ६ ओटा इभेन्टमा ६० जना भन्दा बढी खेलाडीहरु सहभागी भएका थिए ।

क्याडेट गर्ल्स सिङल्सतर्फ पिटर प्यान मन्टेसरीकी अनुष्का निरौला प्रथम, अरनिको स्कुलकी शान्दर्भी अधिकारी द्वितीय, पिटर प्यान स्कुलकी ध्वनी मुरारका र जियांशी भगत तृतीय भए । क्याडेट ब्वाइज सिङल्सतर्फ अरनिको स्कुलका आयुद्द भण्डारी प्रथम, अरनिकोकै बिदर्भ गौतम द्वितीय, डिपिएस बिराटनगरका कर्तव्य बाहेती र अरनिकोका युवराज शाह तृतीय भए । गर्ल्स सिङल्स तर्फ सेन्ट मेरिजकी अपाला साह प्रथम, सेन्ट मेरिजकै आर्नवी भट्टराई द्वितीय, अरनिको स्कुलकी हनी श्रेष्ठ र सेन्ट मेरिजकी बिज्ञता थापा तृतीय भए ।

ब्वाइज सिङल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठ द्वितीय, अरनिको स्कुलका अभिनव ठाकुर र एस ओ एस बालग्राम इटहरीका आयाम भट्टराई तृतीय भए । पारा महिला स्ट्यान्डिङ एकलतर्फ पुनम राजबंशी प्रथम, अनिता रिसाल द्वितीय, सिटी कलेजकी रिहा दाहाल र हेरिटेज इन्टरनेशनलकि श्रेयाना चौधरी तृतिय भए । पहिलो पटक आयोजना गरिएको मिनी क्याडेट ब्वाइज सिङल्स (अन्डर–८ उमेर समूह) तर्फ पिटर प्यान मन्टेसरीका नीर जंग थापा प्रथम, अरनिको स्कुलका युवराज शाह द्वितीय, डिपीएस बिराटनगरका कर्तव्य बाहेती तृतिय भए ।

प्रतियोगीताका उदयीमान खेलाडी डिपीएस बिराटनगरका हृदान दाहाल (मिनि क्याडेट ब्वाइज इभेन्ट) र उत्कृष्ट खेलाडी लिलिपुट प्रीमियर स्कुलका श्रीजल प्याकुरेल (ब्वाइज सिङल्स इभेन्ट) घोषित भए । खेलका साथै अन्य मनोरन्जनात्मक कार्यक्रम र सहभागीहरुलाइ विभिन्न रिफ्रेसमेन्टहरु पनि निस्शुल्क उपलब्ध गराइएको थियो । खेलाडीहरुलाइ पुरस्कार बितरण अखिल नेपाल टेबल टेनिस संघका सदस्य अनुज बाँनिया, बिटीटीसी क्लब अध्यक्ष बिकेन थापा, सचिव राजेश भट्टराई , भूपु वरिष्ठ प्रशिक्षक ध्रुव क्षेत्री र प्रमुख अतिथी प्रदेशसभा सभासद माननीय अमृत अर्यालले गर्नु भयो । सो कार्यक्रमलाई आइटीटीएफ फाउन्डेशन जर्मनी, अखिल नेपाल टेबल टेनिस संघ, काबरा ग्रुप र न्युरो हस्पिटल बिराटनगरको सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्