विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ ।
महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ ।

अभियानअन्तर्गत महानगरका १९ वडामा नागरिकको चापअनुसार आगामी असार मसान्तसम्म विवरण संकलन गर्ने कार्य सञ्चालन हुनेछ । नगर क्षेत्रमा यही शुक्रबारदेखि सुरु हुने परिचयनपत्र विवरण संकलन गर्ने कार्य प्रत्येक वडाहरुका दुईदेखि तीन स्थानमा गर्नका लागि आवश्यक जनशक्तिलाई तालिम तथा अभिमुखीकरण सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । मोरङ जिल्लाको १७ पालिकामध्ये यसअघि नै १६ पालिकामा परिचयपत्र विवरण अभियान सुरु भैसकेको छ ।

मेयर कोइरालाले स्थानीय पालिकाले पाउने अधिकारअन्तर्गत राष्ट्रिय परिचयपत्र नागरिकले आफ्नै घरआँगनमा सहज ढंगले प्राप्त गर्नु उपलब्धिमूलक भएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नेपाली नागरिकताको आधारमा परिचयपत्रको विवरण संकलन गर्नुपर्नेमा जोड दिए । उनले बढीभन्दा बढी जनताले सहज र सरल रुपमा सेवा प्राप्त गर्ने गरी काम गरिने उल्लेख गरे ।

सो अवसरमा महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेललगायतले राष्ट्रिय परिचयपत्र बिना झन्झट सहज रुपमा वितरण गर्ने प्रतिबद्धता जनाए । छलफलमा १९ वटै वडाका अध्यक्ष, सचिव, विभिन्न शाखा र महाशाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जिल्लामा चार लाख तीन हजार विवरण संकलन भएको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक २५० नागरिकको विवरण संकलन गर्ने गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्