विराटनगरमा करको दायरा बढाउन सुझाव

<span class='c1'>विराटनगरमा करको दायरा</span> <span class='c2'>बढाउन सुझाव</span>

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा उद्योग वाणिज्य महासंघ, हिसान, प्याब्सन, अफिन, घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरुलाई बोलाएर बजेटका विषयमा छलफल गरेको छ । छलफलमा सहभागीहरुले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको समेत सहभागीहरुले गुनासो गरेका थिए ।

छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का, मोरङ अध्यक्ष अमित ढकाल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, एनप्याब्सन मोरङ अध्यक्ष पराग ढुंगाना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, घरेलु तथा साना उद्योग महासंघ मोरङकी अध्यक्ष सुनिता छाराहाङ, घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद होमागाईं, नेपाल डेन्टल एसोसिएसन मोरङकी महासचिव डा. मीरा आचार्य, मोरङ बचत संघकी अध्यक्ष सीता लामिछाने, वृहत साकोसका अध्यक्ष योगेन्द्र साहलगायतले करको दरभन्दा दायरा बढाउनुपर्नेमा जोड दिए ।

उनीहरुले जनताका आधारभूत सेवाका क्षेत्रका रुपमा रहेको शिक्षा र स्वास्थ्यमा कर नबढाउन सुझावसमेत दिए । महानगरको हालको नेतृत्वले सरसफाई, पार्किङ, सुशासनलगायतका क्षेत्रमा महसुस हुनेगरी काम गरेको दाबी गरे । आएका सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा प्रमुख सरो गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, लेखा शाखा प्रमुख संजीव भट्टराईलगायतले महानगरको हालको आर्थिक अवस्था र भावी योजनाका विषयमा आ–आफ्नो शाखा र महाशाखाको बारेमा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्