विराटनगर । भारतको आसाम सोलमा हुन गहिरेको अन्तराष्ट्रिय फुलकन्ट्याक कराते प्रतियोगितामा सामेल खेलाडीको विदाई गरिएको छ ।
भारत आसामको ‘पान्डभेश्वर क्योकुशिन कराते क्लब’को आयोजनामा यही अप्रिल २९ र ३० हुने लागेको प्रतियोगितामा विराटनगरका ४ खेलाडीको विदाई गरिएको हो । मिन बहादुर गुरुङ्गको अफिसियल कोचमा खेलाडी युवराज मण्डल, दिव्यान्स पटुवा, सागर ठाकुर र शुभम पासवान रहेका छन् ।
खेलाडीहरुलाई विराटनगर महानगरपालिका वडा नम्बर १६ का डा अध्यक्ष उद्धव भुजेल, नेपाल फुलकन्ट्याक कराते संघ मोरङका कोच गोपाल लाल सिहले टिका र खादा लगाएर विदाई गरेका थिए । २ दिन सम्म हुने प्रतियोगिताको लागी नेपाल क्योकुशिन बुदो कराँते साकाई ईन्टरनेशनल संघको प्रतिनिधीत्व गर्दै उनीहरु त्यसतर्फ प्रस्थान भएका हुन् ।
खेलाडीहरुलाई आफ्नै लगानीमा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्दा समस्या भएको मोरङ जिल्लाका कराँते कोच गोपाललाल सिंहले गुनासो गरे । विराटनगरबाट अन्तराष्ट्रिय प्रतियोगितामा सामेल हुन गहिरहेका छन् कमसे कम महानगरले आउने जाने खर्च मात्रै व्यवस्थापन गरिदिएको भए केही राहत मिल्ने कोच सिंहले बताए ।