विराटनगरमा एकजना बृद्धद्वारा आत्मादाह प्रयास, गम्भीर घाईते उनको उपचार हुँदै

<span class='c1'>विराटनगरमा एकजना बृद्धद्वारा आत्मादाह प्रयास,</span> <span class='c2'>गम्भीर घाईते उनको उपचार हुँदै</span>

विराटनगर । विराटनगर–४ तित्रीगाछीमा एक बृद्धाले पेट्रोल छर्केर आत्मादाह प्रयास गरेका छन् । मोरङको लेटाङ नगरपालिका–७ स्थायी ठेगाना उल्लेख भई हेटौडा बस्दै आएका ६५ वर्षीय गोबिन्दप्रसाद नेपालले बिहीबार आत्मादाह प्रयास गरेका हुन् ।

उनका आफन्त विराटनगरमा समेत बसोबास गर्दै आएका छन् । मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालका अनुसार आगो लागेको देखिएपछि स्थानीयले निभाएका थिए । उनको शरिर जलेको अवस्थामा प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो । हाल उनको रेड अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार भईरहेको छ । प्रहरी प्रवक्ता दाहालका अनुसार गम्भीर अवस्थामा उनको उद्धार गरिएको थियो ।

प्रहरीले घटनाको परिबेसबारे अनुसन्धान सुरु गरेको छ । प्रवक्ता दाहालका अनुसार उनका परिवार विराटनगरमा बस्दै आएको र उनी हेटौडामा थिए । तर, उनले लगानी गरेको पैसा उठाउन आएको बेला आत्मदाह प्रयास गरेका छन् । पैसा नउठेर बिरत्तिएका उनी आत्मदाह प्रयास गरेको भन्ने प्रारम्भिक सूचनाहरु प्रहरीले प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्