नागरिकता बिहीनको विराटनगरमा रिले धर्ना, राज्य कुरा नसुने आमरण अनसन बस्ने

नागरिकता बिहीनको विराटनगरमा रिले धर्ना, राज्य कुरा नसुने आमरण अनसन बस्ने

विराटनगर । आमाबुवाको नागरिकता भएर पनि नागरिकता बिहीन हुनु परेका युवा युवतीहरूले विराटनगरमा रिले धर्ना सुरु गरेका छन् ।

‘नागरिकता संशोधन विधेयक पारित गर , जन्मसिद्धका सन्तानलाई नागरिकता दे ’ लगायतका नारा लगाउदै नागरिकता पीडित संघर्ष समितिले शुक्रबारबाट जिल्ला प्रशासन कार्यालय अगाडि रिले धर्ना सुरु गरेका हुन् ।

सरकारले आफूहरूको मागमा सुनुवाइ नगरुन्जेल आन्दोलन जारी रहने उनीहरुले बताएका छन् । रिले अनसनमा सहभागी हुन् नेपालका विभिन्न भागबाट भेला भई युवाहरू विराटनगर आएका छन् । रिले अनसनमा झापा, मोरङ, सुनसरी, धनुषा, बारा र पर्सा लगायतका जिल्लाहरुबाट युवाहरुको सहभागिता जनाएका थिए ।

“दुईदुई पटक सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति कहाँ पुगेपछि अड्किएको छ । विधेयक प्रमाणीकरण भई ऐनको रुपमा लागु हुनुपर्छ भन्ने आफुहरुको प्रमुख माग रहेको नागरिकता पीडित संघर्ष समितिका प्रवक्ता इसान खानले बताए ।

मोरङमा ५ हजारभन्दा बढी व्यक्ति नागरिकताबिहीन रहेको बताउदै सरकारले आफुहरुको ३ दिनसम्म कुरा नसुने आमरण अनसन समेत बस्ने चेतावनी दिए ।

यता आफुहरु नेपालमा नगरिकता नभएका कारण जागिर खान समेत समस्या भएको सुनाउदै राज्यप्रति कडा आक्रोस पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्