जन्मदिनको अवसरमा विद्यार्थी र अभिभावकको निःशुल्क आँखा जाँच

जन्मदिनको अवसरमा विद्यार्थी र अभिभावकको निःशुल्क आँखा जाँच

विराटनगर । सूर्योदय नगरपालिका १४ मा रहेको श्री बुद्ध माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

होराइजन बर्दु भ्याली टि. इन्डस्ट्रिजको आयोजना र विर्तामोड आँखा अस्पताल चारपानेको प्राविधि सहयोगमा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

होराइजन बर्दुभ्याली टि इन्डस्ट्रिजका संचालक बुद्धभुषण योन्जनको जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थी एवम् अभिभावकलाई लक्षित गरि आँखा शिविर आयोजना गरिएको हो । कतिपय विद्यार्थी एवम् अभिभावकहरु आँखाको अवस्था सामान्य नै छ भन्ने ठानेर पनि चेकजाँच नगराउने हुँदा आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थी एवम् अभिभावकको आँखा परिक्षण गर्नका निमित्त निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बर्दुभ्याली टि इन्डस्ट्रीजका संचालक बुद्धभुषण योन्जनले बताए ।

उनका अनुसार विद्यार्थी र अभिभावकसहित २६० जनाको निःशुल्का आँखा जाँच गरिएको छ । विद्यार्थीहरुमा १० जना र अभिभावक १२ जनाको थप उपचार गर्नुपर्ने देखिएको उनले बताए । मोतियाविन्दुको समस्या भएर उपचार गर्न आर्थिक अवस्था कम्जोर भई समस्यामा परेर उपचार गर्न अस्पतालसम्म पुग्न नसेकको अभिभावकलाई विर्तामोड आँखा अस्पताल चारपानेले निः शुल्क उपचार गर्ने अस्पतालका नेत्र अधिकृत विनोद दाहाले प्रतिवद्धता जनाए ।

‘कतिपय मोतियाविन्दुको समस्याले आँखा नै नदेख्ने अवस्थाको पनि हुनुहुन्छ,’ उनले भने,‘उहाँहरुको अप्रेशन देखि सबै अस्पतालले निःशुल्क गर्दिन्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्