सुशासन कायम नहुँदा देशका आर्थिक अराजकता बढ्यो : नेता कोइराला

<span class='c1'>सुशासन कायम नहुँदा देशका आर्थिक</span> <span class='c2'>अराजकता बढ्यो : नेता कोइराला</span>

विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले सरकार सरकारले सुशासन कायम गर्न नसकेकै कारण मुलुकमा आर्थिक अराजकता बढ्दै गएको बताएका छन् ।

नेपाली लेखक संघ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासन, जवाफदेहिता, जिम्मेवारी र पारदर्शिता नभएसम्म जनताले राहत महसुस नगर्ने उल्लेख गरे । उनले अहिलेको आर्थिक अराजकताबाट मुलुकलाई पार लगाउन एउटा दलले मात्रै नसक्ने जिकिर गरे । “अहिले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ, आर्थिक अराजकता बढ्दै गएको छ । विस्तारै राजनैतिक, सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढ्दै गएको छ,” उनले भने, “यी सबै अराजकताबाट मुलुकलाई बाहिर निकाल्न कुनै एउटा दलले मात्रै असम्भव छ । सबै दल एकठाउँमा उभिनुपर्छ ।”

नेता कोइरालाले अनमिनले परिभाषित गरेका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने सरकारको निणर्य गलत भएको टिप्पणी गरे । उनले देश आर्थिक संकटमा रहेका बेला थप भार पर्ने गरी अयोग्य लडाकुलाई २ लाख दिन नहुने उनको भनाइ थियो । “उनीहरुलाई पैसा होइन रोजगारी दिनुपर्छ । २ लाख दिँदा ८० करोड खर्च हुने रहेछ,” उनले भने, “बरु त्यो पैसाले उद्योग खोलौं, त्यहाँ रोजगारी दिऔं ।”

नेता कोइरालाले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि लेखक कविहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । देशको राजनीति सही बाटोबाट अगाडि नबढेको बताउँदै कोइरालाले सिर्जनाका माध्यमबाट खबरदारी गर्न आग्रह समेत गरे ।

उनले विश्वका ठूला क्रान्ति र परिवर्तनमा लेखक कविहरुको महत्वपूणर् भूमिका रहेको समेत बताए । कार्यक्रममा कोशी प्रदेशका कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री भक्तिप्रसाद सिटौलाले समाजलाई सहि बाटोमा अगाडि बढाउन साहित्यको महत्वपूणर् भूमिका हुने बताए । उनले विकास र समृद्धिका पक्षमा कलम चलाउन आग्रहसमेत गरे । सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, साहित्यकार प्राज्ञ गंगा सुवेदी, प्राज्ञ खेम नेपाली, एनपी आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । लेखक संघ मोरङका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरुले आ-आफ्ना सिर्जना वाचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्