हटिया घुम्दै विराटनगर महानगरको टोली

हटिया घुम्दै विराटनगर महानगरको टोली

विराटनगर । नगरक्षेत्रमा खुल्ला रुपमा माछामासु विक्री वितरण गरिदै छ की छैन भनि विराटनगर महानगरपालिकाको टोली हाटबजारको अनुगमनमा सक्रिय भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएसँगै हटियाको अनुगमनलाई तिव्रता दिइएको हो ।

महानगरले विभिन्न सरोकारवाला, माछामासुव्यावासायीसँग छलफल गरेर खुल्ला रुपमा माछामासु विक्री नगराउने सहमती भएपछि गत शुक्रबारबाट यो अभियान थालिएको थियो । महानगरपालिका पशुपन्छी विकास शाखा प्रमुख शुभ नारायण यादव, नगर प्रहरी निरीक्षक सहितको टोलीले आईतबार विराटनगर १२ र १३ को सिमानाको नहरमा लाग्ने बजारको अनुगमन गरेको छ । खुला रुपमा माछाहरु बेच्न लागेका व्यापारीहरुलाई महानगरको टोलीले तत्काल हटाएको थियो । त्योसँगै तरकारी व्यापारीहरुले प्रगोग गर्ने पुराना ढक ,तराजु र ढुङ्गाको ढकहरु समेत बरामद गरेको थियो ।

आम उपभोक्ताले पैसा तिरेपछि स्वच्छ र सफा खानेकुरा पाउनुपर्छ भन्ने अधिकारलाई मध्यनजर गर्दै खुल्ला रुपमा बेच्न राखिएका माछा मासुलाई कडाई गर्न थालिएको महानगरपालीकाका पशुपन्छी विकास शाखा प्रमुख शुभ नारायण यादवले आवर विराटनगरलाई बताए ।
यस अभियानलाई एक पटकमात्र हैन महागनगरले निरन्तर रुपमा नै अगाडी बढाउदै लैजाने यादवको भनाई छ ।

यसअघि हाटबजारमा खुल्ला रुपमा भुईमा नै झिङ्गा सरी माछामासु बिक्री वितरण गरिदै आएको थियो । केहीले खाट र टेवलमाथि राखेर खुल्ला रुपमा मासु बिक्री गर्दै आएका थिए भने, भुइँमा प्लाष्टिक ओछ्याएर माछामासु बिक्री गर्दै आएका थिए । यता महानगरले थालेको यस्तो अभियानले भने साना व्यापारीलाई समस्या हुने गरेको व्यापारीहरुको जनगुनासो छ ।

महानगरलाई स्वच्छ र सफा नगर देख्नको लागी यो अभियान जरुरी पनि छ । तर महानगरले ती साना व्यापारीहरुको हितका लागी पनि कसरी व्यावस्थित र सुरक्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिएर यो अभियानलाई अगाडी बढाउनु आवश्य देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्