प्रहरी निरीक्षक मिलन थापा चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित

प्रहरी निरीक्षक मिलन थापा चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित

विराटनगर । चैत्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक मिलन थापा घोषित भएको छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरिक्षक थापालाई विभागीय मुल्य– मान्यता, आदेश– निर्देशनको पालना गरी व्यवसायिक , लगनशीलता र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरले चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

 

हिलिहाङ गाँउपालिका २ स्थित आफूले गरेको अपराधलाई ढाकछोप गरेको कसुर अपराधबाट उन्मुक्ति लिने उदेश्यले काल्पनिक घटनास्थल बनाई घटना ढाकछोप गर्ने प्रयास गरेको भए पनि पीडकलाई नियन्त्रणामा लिई सुक्ष्म अनुसन्धान गरी, फरेन्सीक चिकित्सकको सुझावलाई मध्यनजर गर्दै २४ घण्टा भित्रै वास्तविक कसुरदार पहिचान गरी सफल अनुसन्धान गरेको भन्दै थापालाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्