गर्मीमा यात्रा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस…

<span class='c1'>गर्मीमा यात्रा गर्दै हुनुहुन्छ ?</span> <span class='c2'>यी कुरामा ध्यान दिनुहोस…</span>

घुमघाममा निस्कँदा पानीको बोतल, सिटामोललगायत आधारभूत स्वास्थ्य सामग्रीको बाकस, चकलेट, नट्सजस्ता इनर्जी दिने खानेकुरा तपाईंले झोलामा बोक्नुपर्छ । गर्मी मौसममा घुम्न निस्कँदा तपाईंले झोलामा अन्य केही सामग्री पनि बोक्न जरुरी छ, जसकारण तपाईंलाई यात्रा अवधिभर असहज नहोस् ।

गर्मीको समयमा मानिसहरू हाफ टिसर्ट लगाउन रुचाउँछन् । तर, लामो यात्रामा जाँदा तपाईंले पूरै बाहुला भएको टिसर्ट लगाउनुपर्ने हुन सक्छ । किनकि, ट्रेकिङका क्रममा तपाईंले घामको प्रत्यक्ष सम्पर्कबाट आफ्नो छालालाई जोगाउन जरुरी हुन्छ ।

तातो हावाले तपाईंलाई टाउको दुख्ने, चक्कर लाग्नेलगायत समस्या निम्त्याउन सक्छ । त्यसैले टाउकोलाई घामको सीधा सम्पर्कबाट जोगाउन तपाईंले ह्याट लगाउनु राम्रो हुन्छ । टोपीले टाउको छोपिँदा घाम प्रत्यक्ष रूपमा टाउकोमा पर्न पाउँदैन, टाउको र घाँटी दुवै सुरक्षित रहन्छ ।

हिँड्दा छालामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ । अन्यथा, घामको विकिरणले छालामा असर गर्न सक्छ । विभिन्न एलर्जी पनि देखिन सक्छ । छाला सुरक्षित राख्न प्रत्येक दुई घन्टामा सनस्क्रिनको प्रयोग गर्नुभयो भने राम्रो हुन्छ ।

लामो यात्रामा जाँदा झोलामा लाइट ज्याकेट बोक्न नबिर्सनुस् । बिहानको समयमा उच्च स्थानमा तापक्रम कम हुन्छ । यदि तपाईंको ब्यागमा पर्याप्त कपडा छैन भने तपाईंले चिसो सहनुपर्ने हुन सक्छ ।

घामको विकिरणसँगको प्रत्यक्ष सम्पर्कले आँखामा असर गर्न सक्छ । दृष्टि कमजोर हुने, चक्कर लाग्ने, थकाइ लाग्नेलगायत समस्या देखिन सक्ने भएकाले सनग्लास बोक्नु राम्रो हुन्छ ।

गर्मीमा हिँड्दा शरीरबाट अत्यधिक पसिना आउने गर्छ । जसकारण, तपाईंलाई ब्याक्टेरियाले संक्रमण गर्न सक्ने जोखिम पनि रहन्छ । यसबाट बच्न एन्टिब्याक्टेरियल पाउडर लगाउनुपर्ने हुन्छ । झोलामा यस्तो पाउडर बोक्न नबिर्सनुस् ।

यात्राका क्रममा रगतमा सुगरको स्तर कायम राख्नुपर्ने हुन्छ । त्यस्तै, तपाईं हाइड्रेट पनि रहनुपर्ने हुन्छ । त्यसैले ग्लुकोज डीजस्ता पेय पदार्थ बोक्न नबिर्सनुस् । यसले तपाईंको ऊर्जा कायम राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्