कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा श्रमिक दिवसको शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा श्रमिक दिवसको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३४ औं विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा’ एक श्रमजीवीहरुलाई शुभकामना दिएका छन् ।

श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्री कार्कीले आज अर्थात मे १ का दिन समग्र श्रमजीवीहरुलाई एक पत्र मार्फत शुभकामना दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले नेपाली श्रमिक र तिनका प्रतिनिधि टे«ड युनियनहरुलाई श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित र एकतावद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको, श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका कानुन निर्माण गरी श्रमिक वर्गको हितमा सरकार प्रतिवद्ध रहेको पनि सन्देशमा स्मरण गर्दै कानुन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्