विराटनगरलाई प्राथमिकतामा राख्न कार्यबाहक मेयर कार्कीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

विराटनगरलाई प्राथमिकतामा राख्न कार्यबाहक मेयर कार्कीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रदेश राजधानीलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेकी छिन् ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गरिएको हो ।
प्रदेश सरकार आगामी आर्थिक २०८०÷०८१ को बजेट निर्माणमा जुटेको छ । विराटनगर कोशी प्रदेश राजधानीसँगै एक मात्रै महानगरपालिका भएकाले बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने कार्यबाहक मेयर कार्कीको भनाइ थियो ।

वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, कानुनी सल्लाहकार डिल्ली घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतको टोलिले महानगरपालिकाको आवश्यकताको बारेमा जानकारी गराएका हुन् ।

कार्यबाहक मेयर कार्कीले ऐतिहासिक र आर्थिक नगरी भएर पनि विराटनगर पछि पर्दै गएको भन्दै प्रदेश सरकारले त्यसमा ध्यान दिनुपर्ने माग गरेकी हुन् । प्रदेश राजधानी भएकाले विराटनगरको विकासमा ध्यान दिन मुख्यमन्त्रीलाई बजेटमा प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
प्रदेश सरकारले हालै ल्याएको स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशप्रति कार्कीले असन्तुष्टिसमेत व्यक्त गरेकी थिइन् । अध्यादेशका कारण कर्मचारीहरुले धमाधम राजीनामा दिइरहेकाले महानगरको कार्यसम्पादनमा समस्या भएको गुनासो थियो ।

कार्यबाहक मेयर कार्कीले स्थानीय सरकारसित छलफल र परामर्श नगरी ल्याएको अध्यादेश संशोधन हुनुपर्नेमा जोड दिएकी थिइन् । मुख्यमन्त्री कार्कीले विराटनगरको विकास र समृद्धिमा आफू गम्भीर भएको प्रतिक्रिया दिएका थिए ।
आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राखिने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्