अम्बे कोशी बचत तथा ऋण सहकारीमा विराटनगरका बचतकर्ताको दैनिक धर्ना, सुरक्षा दिदैं प्रहरी

अम्बे कोशी बचत तथा ऋण सहकारीमा विराटनगरका बचतकर्ताको दैनिक धर्ना, सुरक्षा दिदैं प्रहरी

विराटनगर । विराटनगर जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रमा दैनिक बचतकर्ता धर्नामा बस्छन् । पैसा झिक्ने बेला भईसकेका बचतकर्ता फिर्ता पाउँदैनन् । झण्डै ६०० सय बचतकर्ताले बचत गरेको रकम सहकारीका सञ्चालकले फिर्ता दिन नसक्दा धेरैले असजिलो झेल्नु परेको सुनाउँछन् ।

बचतकर्तामध्येका रबिन पोद्दारले मंगलबार भाका पाएका थिए । बचत गरेको रकम फिर्ता दिने भनेर संस्थाका अध्यक्ष फडिन्द्र महतले आश्वासन दिएका थिए । तर, उनी पुग्दा अध्यक्ष महत भेटिएनन् । पोद्दार जस्ता धेरै बचतकर्ता सहकारीमा धर्ना बसेका थिए । सहकारीलाई प्रहरीले सुरक्षा दिईरहेको थियो ।

खासमा इटहरीमा हेड अफिस राखेर विराटनगर, विराटचौक र दमकमा सदस्य सेवा केन्द्र रहेको अम्बे बचतमा पाँच हजार ३०० बचतकर्ता रहेका छन् । इटहरीमा ठूलो रकम बचतगर्नेहरु धेरै छन् । अध्यक्ष महतका अनुसार इटहरीमा अर्को कुने सहकारी भाग्यो । त्यसपछि त्यहाँ अम्बेका बचतकर्ताले पैसा फिर्ता माग्न थाले । दुई करोडसम्म बचत गरेकाहरुले पैसा माग्दा असन्तुलन भयो, अध्यक्ष महतले भने–सहकारीमा आठ करोडको लिक्विलिटी थियो, बाँड्दा बाँड्दै सकियो, थप बचत रोकियो । उनले अहिलको क्राइसिस त्यहि भएर सिर्जना भएपछि सहकारी बैंकबाट ऋण लिएर फिर्ता गर्ने आश्वासन दिदैं आएका छन् । तर, विराटनगरका अधिकांश व्यापारीहरुले अम्बेमा बचत गरेको रकम फिर्ता नपाएपछि अहिले चिन्तित बनेका छन् ।

अध्यक्ष महतले ६३ करोड रुपिँयाको कारोबार गर्र्दै आएको सहकारीले २८ करोड रुपिँया रकम फिर्ता गरिसकेको छ । अब ३५ करोड रकम व्यवस्थापन गर्नुपर्नेछ । तर, सहकारीबाट कर्जा लिएकाहरुबाट रकम आउँदा सन्तुलनमै रहेको बताए । उनले कारोबारको यकिन विवरण स्थानीय प्रशासनलाई बुझाएर सबै बचतकर्तालाई आश्वस्त पार्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्