पहाडमा फलफूल खेती विकास गर्नसके तराईमा बसाँइ सर्ने घट्छन् : मुख्यमन्त्री कार्की

पहाडमा फलफूल खेती विकास गर्नसके तराईमा बसाँइ सर्ने घट्छन् : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाँई सरेर तराई झर्ने क्रमलाई रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भईसकेको बताउनु भएको छ । पहाडी क्षेत्रमा काण्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठिमा मंगलबार मुख्यमन्त्री कार्कीले आम्दानी दिगो स्रोत बढाउन नसक्दा पहाड उजाड बन्दै गएको बताउनु भएको हो ।

उहाँले गरिबी निवारण, आयात प्रतिस्थापन, उत्पादन वृद्धि जमिनको सही ढंगले प्रयोग गर्न सके पहाडी क्षेत्रको बसाईसराई रोक्न सकिने बताउनुभयो । त्यसका लागि स्थान विशेषमा हुने भूमिको उत्पादकत्व बृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।
सरकारले नागरिकलाई भरपर्दो आर्थिक उपार्जनसँग सोध्ने, उत्पादन भएका वस्तुको बजारीकरण गर्ने र देशको जनघनत्वलाई सन्तुलन राख्ने कार्यमा अब ध्यान केन्द्रीत गर्ने बताउनुभयो । उहाँले पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्ने सरकारको लक्ष्यलाई साकार बनाउन सम्बन्धित क्षेत्रको नेतृत्व गर्दै आएको आयोजनाले योजना बनाउनु पर्ने धारणा राख्नुभयो ।

‘सरकारले ऐन र कानुन ल्याउँछ, योजना दिन्छ’ मुख्यमन्त्री कार्कीले भन्नुभयो–यसको दिगोपनमा कर्मचारी लाग्नुपर्दछ । उहाँले यदि अझै ढिला गरेर पहाडी क्षेत्रको बसाँई सराईलाई रोक्न नसके तराईमा जनघनत्वको चाप बढ्ने र पहाड रित्तिने संभावना रहेको बताउनुभयो । यसका लागि कृषि उद्यमको विकास र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै उत्पादन, मूल्यश्रृंखला र बजारीकरणमा देखिएको समस्या हटाएर आत्मानिर्भर अर्थतन्त्रउन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उत्पादन र उत्पादकत्वलाई अब प्रविधिसँग जोडेर अगाडी बढाउन योजना आवश्यक रहेको बताउनुभयो । उहाँले किसान, कृषि विज्ञ, प्राविधिक जनशक्तिलाई समेट्ने गरि कृषि उत्पादन प्रणालीलाई एकिकृत रुपमा व्यवस्थापन गर्न सक्दा युग सुहाउँदो र व्यवहारिक हुने बताउनुभयो । कृषि उत्पादनको बजारीकरण समस्या झेल्दा उत्पादनशील जनशक्ति पलायन भईरहेको बताउँदै उहाँले सबै क्षेत्रले आन्तरिक उत्पादन बृद्धि गर्न नलागे देशको अर्थतन्त्र लिकमा फर्काउन र आर्थिक बृद्धिदर हाँसिल गर्न नसकिने बताउनुभयो ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना राजेन्द्र कोइरालले कसरी पहाडी क्षेत्रलाई हराभरा बनाउन सकिन्छ भन्ने प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले कोशी प्रदेशका सात जिल्लाका २२ स्थानीय तहमा दुईहजार २०० हेक्टर क्षेत्रफलमा काण्ठफल तथा फलफुल खेति विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्