फुटको छिटाले आन्दोलनलाई असर पर्दैन : कुमार लिङ्देन

फुटको छिटाले आन्दोलनलाई असर पर्दैन : कुमार लिङ्देन

कुनै समय स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलकको पूर्वी भागलाई कार्यक्षेत्र बनाएर संगठित लिम्बुवान पार्टीको आन्दोलनले सडक मात्रै होइन सदनसम्म राप फैलाएको थियो ।

लिम्बुवानी नेताहरु सडकमा उत्रिदाँ सिंहदरबार हलिन्छ भन्ने मान्यता राख्दथे । तर उत्कर्षमा पुगेको आन्दोलन अहिले भने कता छन् लिम्बुवानका नेता भनेर खोज्ने ठाउँमा पुगेको छ । व्यक्तिगत स्वार्थ र नेतृत्व टक्करले लिम्बुवान पार्टी एकाएक छिन्नभिन्न मात्रै भएन पुनःसन्तुलन हुने स्थिति भन्दा बाहिर गएको छ । फुटले थलिएको लिम्बुवान आन्दोलन प्रदेश १ ले कोशी नाम पाएसँगै उठ्न खोज्दैछ । यद्यपी उसले टेक्ने बैशाखी भने किराँतको छ ।
त्यहि फेरीफेरीमै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएर नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको छ । धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्ष पुगेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अध्यक्ष कुमार लिङ्देनलाई कार्वाही गर्दै रञ्जीता श्रेष्ठ अध्यक्ष रहेको उन्मुक्ति पार्टीसँग एकता गरेको हो ।
पहिचान पक्षधरको बृहत शक्ति निर्माण गर्न आफूहरूले पार्टी एकीकरण जरुरी भएपनि आन्दोलनकै बीचमा लिम्बुवान भित्र अर्को खेमा खुस्कियो र अन्तै मिल्यो । ०७१ साउनमा १८ गते भेडेटारमा भएको वृहत भेलाले पाँच वटा लिम्बुवान पार्टीहरुको एकतापछि संघीय लिम्बुवान पार्टी नेपाल निर्माण भएको थियो । तर, भंडेटार एकताको करिब दुई वर्षपछि अध्यक्ष कुमार लिङदेनले लिम्बुवानी एकतालाई ‘किक’हान्दै आाफ्नो पुरानै पार्टी संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चतिर लागेका थिए । टुटफुट र नेतृत्वबीचको चेपुवामा रहेको पहिचानवादी पार्टी यतिबेला पहिचानसहित प्रदेशको नाम माग राख्दै सडक आन्दोलनमा छन् । यस्तो अवस्थामा फुटको अवस्था किन आयो ? र आन्दोलनलाई कतिको असर पर्छ ? भन्ने विषयमा रहेर संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनसँग सुजता लिम्बूले गरेको संक्षिप्त कुराकानी ।

१. कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा सरिक हुनुहुन्छ, तर, आफ्नै पार्टी भित्र तपाँईको अस्तित्व अस्वीकार भएको छ । यस्तो अवस्था किन आयो ?
यस्तो हो, मान्छे थोरै हल्ला धेरै गरेका हुन् । यो समस्या विगत दुई वर्षदेखि थियो । यो संघीय मञ्च संघीय ढाँचाको पार्टी छ , एउटा पार्टी एघारवटा झण्डा संघीय लिम्बूवानको, खम्बुवानको भिन्न, ताम्सालिङको भिन्न, प्रान्तिय मञ्च खाल्को हो । तर, उहाँहरुको दुईवर्ष अगाडी देखि नै यो बाटोले ढिलो हुन्छ उमेर गयो, चाँडै सत्तामा पुग्नुपर्ने खाल्का कुरा थियो । यसले गर्दा पार्टीमा अप्ठ्यारो गाह्रो भएको थियो, हामी पार्टीमा आन्दोलन गर्ने आदीवासी समुदायमा आन्दोलन गर्नुपर्छ भनेर आएका हौँ । अन्त नजाऔँ आर्य समुदायकाहरु मकै खाएर लडे उनीहरु टिकेका छन् । उनीहरुको पार्टी बलियो बनेको छ । उनीहरुको समाज बलियो छ, हामी उनीहरु जस्तो दुख गर्न सक्दैनौ । हामीले पनि टिक्ुनपर्छ, दुख गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । तर, उहाँहरुलाई हतार भयो । त्यसो त उहाँहरु गएकोमा हामीलाई कुनै पछुतो छैन ।

२ं तपाई स्वयम कार्वाहीमा पर्नुभएको छ नि यसले त फरक पार्दो हो ?
उहाँहरुले भ्रम छरेर संघीय लिम्बूवान राष्ट्रिय मञ्चको अध्यक्ष निकालेको भन्ने छ । त्यसै निस्किन्छ अध्यक्ष ? १२÷ १३ जना गएर १७ गते निवेदन हालेर १८ गते अर्को पार्टीमा गएका छन् । कम्तिमा डिभोर्सको केस चल्दा क्लियर नभएसम्म केटाले पनि बिहे गर्नुहुँदैन र केटीले पनि विहे गर्नुहुँदैन । यदि उहाँले हटाएको हो भने निर्वाचन आयोगले चिठ्ठी लेख्छ, प्रतिवादी खाप्नुस भन्छ । त्यस पछि म प्रतिवादी खाप्छु । तर, उहाँहरुले १७ गते निवेदन हालेर १८ गते अर्को पार्टीमा प्रवेश गरेपछि उहाँहरुको दावीलाई इन्टरटेन्ट गर्ने कुनै तुक छैन ।

३. यसले गर्दा अहिले भइरहेको आन्दोलनलाई पनि त पक्कै प्रभाव पार्छ होला ?
यो विषयले कोशी नाम खारेजीको माग राख्दै आएको आन्लोलनलाई कुनै असर गर्दैन । उहाँको कारणले गर्दा पार्टीमा एकदम असहज भएको थियो । आान्दोलन नै नगर्ने, उहाँहरु लिम्बूवान खम्बुवान चाहिदैन भन्ने पक्षको हो । रेशम जिको पार्टी त सजिलो छ नि त्यहाँ पहिचानको कुरा पनि छैन । संघीयताको कुरा छैन, दश प्लस एकको कुरा छैन । थरुहटको कुरा छैन । जय नागरिक भन्यो के हो के ? उहाँहरुको चाहाना त्यही थियो रोकेर राख्नु भएन नि ।

 भेडेटार एकताको करिब दुई वर्षपछि तपाई फेरी आफै फुटेर पुनः आफ्नै पार्टीमा फर्किनुभयो अहिले आफ्नै पार्टी भित्रको केही नेतृत्व अलगिनुभएको छ यसलाई कसरी लिनुभएको छ ?
एउटा पत्रकारको आँखाले हेर्दा र अर्को एउटा आत्माले हेर्ने हो भने यो जतिपनि लिम्बुवानको आन्दोलनहरु सञ्जुहाङहरुको नेतृत्वमा भएको होइन । जब कुमार लिङ्देन एउटा युवक केटाले यो आन्दोलनमा प्रवेश ग¥यो उसको नेतृत्वमा भइरहेको आन्दोलन हो । आज पनि सक्छ नि उनीहरुले गर्दा किन कुमार लिङ्देनको वरीपरी सबै चिज घुमिरहेको छ । किन भने कुमार लिङ्देनसँग राष्ट्र, अन्तराष्ट्रिय स्तरमा एउटा ठूलो युवाको टीम भएको नाताले गर्दा पनि आउने हो । मैले त त्यो बेला हुँदेन भनेको थिए विचार नै नमिल्ने मान्छेहरुसँग कसरी एकता हुन्छ ? उहाँहरुसँग हुँदैन भनेको जर्बजस्ती गरियो । यद्यपी लिम्बुवान आन्दोलन कमजोर छैन । राई र लिम्बूमा ठेलाठेल गर्ने हुँदा मात्रै अलिकति कमजोर जस्तो भएको हो । अहिले पनि लिम्बुवानले एक्लै आन्दोलन हाक्नुपर्ने स्थिति होस न के हुन्छ । लिम्बुवानले एक्लै आन्दोलन हाक्ने हो भने यसको दश डबल हाइटबाट पिकअप गरेर लान्छ । तर पनि किन त्यसो गरि हाल्ने भनेर हो ।

५.तपाई माथि एउटा आरोप छ, कुमार लिङदेको नृतत्वमा आन्दोलन नै सफल भएन भन्ने छ नि ?
आरोप प्रत्यारोप भन्ने त हुन्छ नै तर यो ५० वर्षदेखि सुतेको आदीवासीलाई लिम्बुवानमा जति कहाँ चाहीँ उठाउन सकेका छाँै ? खै त तामाङसालिङ, खै त शेर्पालुङ कहाँ उठाउन सकेको छ ? विद्धानहरु बसेको ठाँउमा पनि आन्दोलन उठाउन सकेको छैन । तर लिम्बुवानमा आन्दोलन उठेको छ । आदीवासीका ठूलठूला पदहरु एमाले काँग्रेसले दिएका छन्, बाँडेका छन । धुव्रिकरण हुन सकेको छैन । काम गर्ने मान्छेलाई आरोप लगाउन पाँउछ । यो स्वभाविक कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्