विराट क्याम्पस (सोम्स)द्वारा सामुदायिक विद्यालयका दुई शिक्षकलाई सम्मान

<span class='c1'>विराट क्याम्पस (सोम्स)द्वारा सामुदायिक</span> <span class='c2'>विद्यालयका दुई शिक्षकलाई सम्मान</span>

विराटनगर । विराटनगर ९ संसारीमाई स्थानमा रहेको विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स) ले सामुदायिक विद्यालयका दुई शिक्षकलाई सम्मान गरेको छ ।

सोम्सले लामो समयसम्म अध्यापनगरि शिक्षा क्षेत्रमा योगदान पुर्याएका विराटनगर ५ का शिक्षक धर्मानन्द खरेल र रंगेली ४ आमतोलाका शिक्षक रामभक्त धमलालाई सम्मान गरेको छ । खरेल २०३८ सालदेखी शिक्षण पेशामा लागेर विभिन्न सामुदायिक विद्यालयमा अध्यापन गराईसक्नु भएको छ । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापकको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएका खरेल केहि समय अघि अवकाश प्राप्त गर्नुभएको थियो ।

यस्तै धमलाले २०२२ सालबाट शिक्षण पेशामा आबद्ध भई २०५८ सालमा आमतोलास्थित जनता निम्न माध्यमिक विद्यालयबाट अवकाश प्राप्त गर्नुभएको थियो । उहाँहरु दुवै जनालाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डिल्ली प्रसाई र क्याम्पस प्रमुख आर.सी.कोईरालाले सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो ।

क्याम्पस प्रमुख कोईरालाले सोम्सले परिवर्तित आवश्यकता अनुसार बिबिएस संगै एसिसिए कोर्ष समेत संचालन गरिरहेको बताउनुभयो । कार्यक्रमकाबीच शोम्स कलेजको उत्थानमा योगदान दिनुभएका प्राध्यापक भानुभक्त घिमिरेलाई कदरपत्र सहित सम्मान गरिएको कलेजका फाउण्डर डाईरेक्टर दिनेश दाहालले जानकारी दिनुभयो ।

सो अवसरमा कोर्ष पुरा गरेका विद्यार्थीलाई विदाई र नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रमकाबीच अध्ययनरत छात्राहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्