हुलाकी सडक निर्माण रोकिएपछि १३ जना जनप्रतिनिधिद्वारा मोरङमा आन्दोलनको चेतावनी

<span class='c1'>हुलाकी सडक निर्माण रोकिएपछि १३</span> <span class='c2'>जना जनप्रतिनिधिद्वारा मोरङमा आन्दोलनको चेतावनी</span>

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम रोकिएको भन्दै मोरङमा संघ, प्रदेश र स्थानीय पालिकाका प्रमुखले आन्दोलनको चेतावनी दिएका छन् ।

मोरङको दक्षिण–पूर्व क्षेत्रका पालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुले एकसाथ आन्दोलनको चेतावनी दिएका हुन् । राजमार्गले छुने क्षेत्रका संघीय र प्रदेश सांसद तथा पालिका प्रमुखहरुले बिहीवार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गर्दै तत्काल काम सुरु नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनवषर्षीका प्रमुख श्याम राजवंशी, रंगेली पालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार र कटहरीका अध्यक्ष देवराज चौधरीले संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

हुलाकी सडकको करिब २० किलोमिटर क्षेत्रमा ठेकेदारले काम अलपत्र पारेको भन्दै उनीहरुले सात दिन भित्र काम सुरु नगरे दबाव आन्दोलन थाल्ने चेतावनी बताएका हुन् । क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले पटक–पटक काम रोकिएको भन्दै आयोजना र ठेकेदारको मिलेमतोमा नागरिकले दुःख पाईरहेको बताउनुभयो । धुँवा र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतासमक्ष आउनु परेको बताए । पोखरेलले वर्षात लाग्ने समय आएकोले हुलाकी सडक खण्डको रतुवामाईदेखि विराटनगरसम्मको क्षेत्रमा आवातजावतमा समस्या हुने बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सडक निर्माणका लागि सबै नागरिकको दवाव लिएर आन्दोलनमा उत्रने बताएका छन् । प्रदेश सांसद गणेश उप्रेतीले ठेकेदारले नागरिकको मर्म बुझ्न नसकेको बताएका छन् । प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले हुलाकी सडकमा हिँड्न नसक्ने अवस्था रहेको बताए । निर्माणको काम सुरु गरेर वर्षामा हिँड्न सक्ने बनाउनु पर्ने बताए ।
रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले लाइफ लाइनको रूपमा रहेको सडकको काम रोक्नु आपत्तिजनक रहेको बताए । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जनप्रतिनिधिको आग्रह सडक आयोजनाले नसुन्ने गरेको गुनासो गरे । काम गर्ने विषयमा सहकार्य नभएको उनको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्