विराटनगर–१७ का वडास्तरीय १४ योजना विरुद्ध अख्तियारमा उजुरी, स्थानीय भने चिन्तित

<span class='c1'>विराटनगर–१७ का वडास्तरीय १४ योजना विरुद्ध</span> <span class='c2'>अख्तियारमा उजुरी, स्थानीय भने चिन्तित</span>

विराटनगर । विराटनगर–१७ वडा कार्यालयका चालु अवस्थाका १४ योजना विरुद्ध अख्तियारमा उजुरी परेपछि विकास निर्माण प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । अख्तियारले वडा कार्यालय र वडा अध्यक्ष समिम कमरलाई विपक्षी बनाउँदै योजनाको प्रक्रियागत कागजात बुझाउन १५ दिनको म्याद दिएर पत्राचार गरेपछि काम रोकिएको छ ।

विकास निर्माणका काम रोकिएपछि स्थानीय सुजनकुमार राईले नागरिकलाई चाहिएको विकासमा अख्तियारमा उजुरी हालेर राजनीतिक प्रतिशोध साँधेको गुनासो गरेका छन् । उनले वर्षात् अगाडी नै सकिनु पर्ने काम अख्तियारमा उजुरी परेपछि रोकिदाँ त्यसको असर नागरिकलाई पर्ने बताएका छन् ।

विराटनगर–१७ वडा कार्यालयले अगाडी बढाएको १४ वटा वडास्तरीय योजना विरुद्ध उजुरी परेको छ । रघुपतिको सडकको नाला निर्माण, गफुटोल कच्ची बाटो ग्राभेल, खुर्सिदरफिकको घरपूर्व बाटो निर्माण, मटेरुवा रामपुकारको घर पूर्व–दक्षिणको बाटो र भोला मियाको घर पश्चिम बाटो, अब्बार मियाको घर दक्षिण आरसिसी ढलान, लाइन क्वाटर चोरीमा नाला निर्माण, महिला सीपमुलक तालिम, युवा ड्राइभिङ्ग तालिम, युवा कम्प्यूटर तालिम, वडा कार्यालय भवन निर्माण, रघुपति आ.वि. भवन निर्माण, आधारभुत स्वास्थ्य चौकी निर्माण र वडा कार्यालयमा सिसी क्यामरा जडान गर्ने योजना रहेका थिए ।

यी सबै योजनामा अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा चैत २९ गते उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले योजना सञ्चालन पूर्वका सबै प्रक्रियासँग सम्बन्धित कागजातसहित राय बुझाउन निर्देशन दिएको हो ।
वडा अध्यक्ष कमरले अख्तियारको पत्रको जवाफ पठाई सकिएको जानकारी दिए । उनले योजना छनौट भएर सञ्चालनका लागि सम्झौता मात्रै भएको तर कार्यन्वयनको चरणमा नगईकनै भ्रष्टचार भएको उजुरी परेको बताए । उनले कहिंकतै अनियमितता नभएको बताउँदै नागरिकलाई नै अख्तियार लगाउने काम राजनीतिक प्रतिशोधबाट गरिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्