मुख्यमन्त्री निवासमा कडा सुरक्षा (फोटो फिचर)

<span class='c1'>मुख्यमन्त्री निवासमा कडा</span> <span class='c2'>सुरक्षा (फोटो फिचर)</span>

विराटनगर । गएको फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखेसंगै पूर्वमा पहिचानपक्षधरले आन्दोलन र प्रर्दशन गर्दै आएका छन् । यसबीचमा विराटनगर केन्द्रित ३ पटक प्रदर्शन गरिसकेका छन् ।

बुधबारका दिन विराटनगरमा पहिचान पक्षधरले प्रदर्शन गर्ने हो हल्ला चलेको थियो । तर, पहिचान पक्षधरको कुनै आधिकारीक पूर्वघोषित कार्यक्रम थिएन । जिल्ला प्रहरी कार्यलयले भने बिहीबार विहानैदेखी मुख्यमन्त्री निवासदेखी संवेदनशिल स्थानहरुमा भने सुरक्षकर्मी कडा रुपमा परिचालन गरेको छ ।

विराटनगर १३ कोशी प्रोजेक्ट स्थित मुख्यमन्त्री निवासमा जिल्ला प्रहरी कार्यालय मोरङले जनपथ प्रहरी खटाएको छ । निवास सुरक्षा व्यावस्थामा पनि कडाई पारिएको छ । त्यस्तै मुख्यमन्त्री कार्यलय , रोडशेष र प्रदेश संसद भवन वासपासमा बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यता पहिचान पक्षधरले आज कुनै पनि आन्दोलनका कार्यक्रमका नहरेको जनाएको छ ।

तर भोली शुक्रबार भने सडकमा नै उभौली पर्व मनाएर सांकेतिक विरोध जनाउने किरात राई यायोक्खा नगर अध्यक्ष विष्णु राईले जानकारी दिए । भोली शुक्रबार किराँत समुदायको महान पर्व उभौली रहेका कारण यसपटक सडकमा साकेला सिली नाचेर विरोध गर्ने विराटनगरका किराँत समुदायले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्