विराटनगरको सात घुम्तीको साँघुरो बाटोमा कबाडी सामान लोड गर्ने गाडी नियन्त्रणमा

<span class='c1'>विराटनगरको सात घुम्तीको साँघुरो बाटोमा कबाडी</span> <span class='c2'>सामान लोड गर्ने गाडी नियन्त्रणमा</span>

विराटनगर । विराटनगर ७ स्थित सात घुम्तीभित्रको साँघुरो सडकमा कबाडीका सामाग्री राखेका कारण आम सर्वसाधरणलाई हिड्डुल गर्न निकै समस्या हुदै आएको छ ।

विराटनगरका हाजी मण्डल लगायत अन्य केही व्यक्तिले संचालन गर्दै आएको कबाडी गोदामबाट सामान लोड र अनलोड गर्दा सो बाटो हुदै यात्रा गर्ने आमसर्वसाधरणलाई विगत लामो समस्या हुदै आएको थियो ।

मेनरोड विराटनगरमा पसल संचालन गर्दै आएका जयन्त बोत्थ्रा सधै सोही बाटो हुदै यात्रा गर्ने गर्दछन् । कबाडी गोदामले सो स्थानमा जथाभावी पुराना फलाम, टिनाहरु राखेका कारण सधैं आफुहरु सवारी साधन लिएर हिड्न निकै समस्या हुने गरेको बोथ्राले सुनाए ।

यस विषयमा पटक पटक महानगरपालीकालाई पनि भनेको तर खासै सुनवाई नभएको उनले सुनाए । तर आज महानगरपालीकाले आफै आएर सामान लोड गर्दै गरेको गाडीलाई समेत नियन्त्रणमा लिएको छ राम्रो कार्य हो बोथ्राले भने । महानगरपालीकाका नगर प्रहरी निरीक्षक राजन पौडेलको नेतृत्वमा आएको टोलीले साँघुरो बाटोमा पार्किङ गरेर राखेको पिकअप भेनलाई नियन्त्रणमा लिएको थियो ।

विराटनगर महानगरपालीकाले पटक पटक कबाडी गोदामका संचालकहरुलाई जथाभावी कबाडी सामाग्री नराख्न आग्रह गरेको प्रहरी निरीक्षक राजन पौडेलले बताउनुभयो ।


पुन: आज पनि स्थानीयले जनगुनासो गरेपछि आएर हेर्दा सामानहरु बाटैमा राखेको अनि गाडीमा सामान लोड गर्दै गरेको भेटेयौ, हामीले पुन: २ दिनको लागी समय दिएका छौँ, पौडेलले भन्नुभयो ‘फेरी पनि अर्को पटक सामान राखेको भेटिए हामी आएर सामान नै नियन्त्रणमा लिने समेत पौडेलले जानकारी दिनुभयो ।

यता कबाडी गोदामका संचालहरुले भने अबदेखी कबाडीका सामान सडकमा नराख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्