बुद्ध धर्ममा जनस्वास्थ्य खोज्दै जाँदा

बुद्ध धर्ममा जनस्वास्थ्य खोज्दै जाँदा

बुद्ध जयन्तीको सार्वजनिक बिदा हामी चिया गफमा थियौं । मसंगै गएको भाइले भन्यो बुद्धको देश भनेर विश्वमा चिनिने नेपालमा किन कम व्यक्तिले बुद्ध धर्म मान्दछ ? अनि बुद्ध धर्मले त हत्या हिंसा नगर्नु भन्छ अनि फेरी यहिं दिन किन बोका, परेवा लगायतको बलि चढाउछ ? बुद्ध दर्शन किन पढनु परेको होला ? अर्को एक युवकले थप्दै भन्यो हामी त मेडिकल तिरको डिप्लोमा तह पढ्दै छु यो बुद्ध धर्म किन पढ्नु परेको होला ? मनमा कौतुहलता हुनु स्वाभाविक होला, झन बेला बेला समाचार आउछ बुद्ध त अर्कै देशमा पो जन्मेको अरे ! मनमा पीडा लागेर आउछ, हामी बच्चै देखि पढ्दै आएको छौँ। सिद्धार्थ गौतम नेपालको कपिलवस्तुमा जन्मेको हो । उनै सिद्धार्थ गौतम ,बुद्ध भए अनि बुद्धको उपदेश मान्नेहरु बौद्ध मार्गी भए ।

सन् २०२१ को जनगणना अनुसार नेपालमा ९ प्रतिशतले बुद्ध धर्म मान्दछन् । एक अध्ययन अनुसार कम्बोडिया ९६.८ प्रतिशत थाईलैंड ९२.६ प्रतिशत, म्यान्मार ७९ प्रतिशत, भुटान ७४ .७० प्रतिशत र श्रीलंका ६८ .६ प्रतिशत ले बुद्ध धर्म मान्ने गरेको तथ्य छ ।
दर्शन भन्नाले प्रकृति, ज्ञान बिज्ञान बारे बिबेचना र बिशलेषण गर्ने तरिका हो । यसले जीवनको बिषयबस्तुलाई अध्ययन गर्दछ । दर्शन लाई हिन्दु ,बौध इत्यादि भनेर नामकरण गर्न सकिन्छ । बौध धर्मका धार्मिक ग्रन्थ त्रिपिटक हो । ज्ञान, सत्कर्म, अहिंसा बौद्ध धर्मको आदर्श हो । सत्य बोल्नु, हिँसा नगर्नु, मध्यपान नगर्नु यसको मूल मान्यता हो । लोभलालच स्वार्थनै दुःख को कारण हो । स्तुपा, गुब्मा बौध धर्मको मुख्य धार्मिक स्थल हो र बौद्ध धर्मालम्बीको मुख्य पर्व बुद्ध जन्ती हो ।

बौद्ध धर्मलाई बुद्ध धर्म वा धर्मशास्त्र भनिन्छ। यो धर्म सिद्धार्थ गौतम बुद्धद्वारा स्थापित गरिएको थियो। यो धर्म शान्ति, समता, तथा करुणाको बारेमा बर्णन गर्दछ। बुद्धले करिब ४५ बर्ष जति तत्कालिन भारत बर्षका धेरै ठाउमा उपदेश दिएकोले उनलाई अरु देशले दाबी गर्न सक्ला तर बुद्ध नेपालकै सन्तान हुन् । बुद्ध धर्मले पंचशीलको आदर्श लाई मान्दछ । यसको अर्थ हिंसा नगर्नु ,चोरी नगर्नु , झुटो नबोल्नु , व्यभिचार नगर्नु , मध्यपान नगर्नु हो । बुद्धले असल सोच्न , असल बोल्न प्रेरणा दिन्छ रिस र मोहलाई त्यागेर संयमको पालना गर्नु सक्नु पर्छ भन्ने संदेश दिन्छ यसले व्यक्तिलाई मानसिक पिडा हुन् बाट बचाउछ ।
स्वास्थ्यको दृस्टीकोणबाट हानीकार र रोग लगाउन सक्ने तत्व बाट बच्नु पनि संयम हो । बोलीमा, खानपिन, सोचबिचारमा संयम हुनुनै अनुसासित र स्वास्थ्य जीवन जिउनु हो । बौद्ध परम्परा अनुसार चार आर्य सत्य लाई स्वीकार गर्नु पर्छ, संसारमा दुःख छ, दुःख को कारण छ, दुःखको निवारण छ, निवारणको लागि आठ उपाय छ । बौद्ध धर्मले एउटा स्वस्थ जीवन शैली बढाउँछ, जसमा नियमित व्यायाम, समतुल्य खाना, र शराब र नशामुक्तता जस्ता हानिकारक वस्तुहरूबाट बच्च्ने छ। यसले धेरै जसो नसर्ने रोग हरुबाट बचाउदछ । बौद्ध धर्ममा स्थायी ध्यान गर्ने एउटा महत्वपूर्ण व्यायाम हो। ध्यान एउटा तकनीक हो जसले मनलाई वर्तमान क्षणमा ध्यान दिन तथा तनाव, चिन्ता र उदासीनता कम गर्न सहयोग पुर्‍याउँछ। अध्ययनका अनुसार, नियमित ध्यानले रक्तचाप तल गर्न सहयोग पुर्‍याउँछ, प्रतिरक्षा प्रणाली सुधार गर्दछ । यसले शारीरिक मानशिक , सामाजिक रुपले स्वास्थ्य रहन सहयोग गर्दछ ।

बुद्ध धर्मले दुःखलाई दूर गर्न, सुखको लागि मार्ग बताउन, स्वयम् विकास गर्न र अन्यहरूलाई सहयोग गर्न सिकाउँछ। यो धर्म मानिसहरूलाई यो समयको जीवन र समस्याहरूको समाधान खोज्न सिकाउँछ। बौद्ध धर्मले शरीर र मनको सङ्गममा ठूलो जोड़ राख्दछ, यसले शारीरिक स्वास्थ्य धेरै महत्त्व दिन्छ र मानसिक र भावनात्मक समृद्धि बौद्ध शिक्षाले दिन्छ। वास्तवमा, बुद्ध शिक्षाले उत्तम शारीरिक स्वास्थ्य आधारभूत छ, जसले आध्यात्मिक विकासमा पूर्वशर्त मानिन्छ। बुद्ध धर्मले सिकाएको पाठ हरुलाई ब्यबहारमा लागु गर्न सकेको जिबनको जनस्वास्थको दर्शन स्वास्थ्य प्रबर्धन ,रोग रोकथाम, सजिलैसँग गर्न सकिन्छ । असल जिबनको मार्ग दर्शन भएकोले यो सीप सबै सबले पालना गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्