यसपटकको उभौली पर्व विराटनगरको रोडशेषमा मनाए (फोटो फिचर)

यसपटकको उभौली पर्व विराटनगरको रोडशेषमा मनाए (फोटो फिचर)

विराटनगर । किराँतहरुको महान पर्व उभौली पर्व विराटनगरमा बसोबास गर्ने राई,लिम्बू र याख्खा जातिहरुले सडकमा मनाएका छन् ।

किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा आज (शुक्रबार) विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाएका हुन् ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा पुन:नामाकरणको माग राख्दै पहिचान पक्षधर सडक आन्दोलनमा छन् ।

सधै जस्तो हुँदो होत किरात राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ र याख्खा छुम्मा आ-आफ्नो आस्थाका कुल देवतालाई पुजा आरधना गरेर मनाउने भए पनि यो वर्ष भने प्रदेशले कोशी नाम पाए सँगै त्यसको विरोधमा सडकमा उभौली पर्व मनाउन बाध्य बनेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्