भुटानी शरणार्थी प्रकरणमा बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ : माधवकुमार नेपाल

<span class='c1'>भुटानी शरणार्थी प्रकरणमा बदमासी गर्ने जोसुकैलाई</span> <span class='c2'>कानुनी दायरामा ल्याउनुपर्छ : माधवकुमार नेपाल</span>

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव कुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानु पर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जोसुकै भएपनि दण्डित हुनै पर्ने बताएका हुन । उनले घटनाका संलग्नलाई बचाउने दबाबको सामु सरकार झुक्न नहुने समेत बताए ।

पुर्व प्रधानमन्त्री समेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्ता प्रति औँल्याउदै उनले घटनामा संलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृह मन्त्रीलाई समेत दबाब आएको भएपनि सरकार झुक्न नहुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्ता भएको थियो ।
गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामावली सम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर अमेरिका पठाउने तयारी भईरहेको यस घटनामा संलग्नको आशंकामा पक्राउ परेकाहरुबाट खुलेको थियो ।

उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भईसकेको छ । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । त्यस क्रममा उनले पटक पटक मन्त्री भईसकेको र सांसद भईसकेको व्यक्तिलाई बाटोबाटै पक्राउ गर्नु नपर्ने प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्