विराटनगर टु बर्जु ताल दौड : म्याराथनले जोड्दै महाभारतकालिन दुई ऐतिहासिक स्थल

विराटनगर टु बर्जु ताल दौड : म्याराथनले जोड्दै महाभारतकालिन दुई ऐतिहासिक स्थल

विराटनगर । आगामी जेठ ६ गते विराटनगरबाट सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालसम्म म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले दुई पर्यटकीय क्षेत्रलाई म्याराथन दौडले जोड्ने भएको हो ।

महाभारतकालिन ग्रनथहरुमा वर्णन गरिएका विराट राजाको दरबार क्षेत्र र बर्जु तालसम्मको दुरीमा दौड प्रतियोगिता आयोजना गरिने भएको छ । जसले पर्यटन विकासमा मद्दत गर्ने र दुवै क्षेत्रको एकैपटक सम्बन्ध गाँस्ने लक्ष्य राखिएको छ ।

सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेको प्राकृतिक ताल र सिमसार क्षेत्रलाई चिमडी तालको नामले समेत चिन्ने गरिन्छ । बिराटनगरबाट १२ किलोमिटरको दुरीमा रहेको छ। भेडियारीबाट सुरु भएको दौडमा यसको दुरी १६ किलोमिटर हुने छ । विराटराजाको दरबार क्षेत्र र बर्जु तालको वर्णन हिन्दूहरूको धार्मिक ग्रन्थ महाभारतमा गरिएको छ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पर्यटकीय क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखेर दौड प्रतियोगिता आयोजना गर्ने स्थलको निरीक्षण समेत गरिसकेका छन् । उनले पर्यटन प्रवद्र्धनका लागि दौड प्रतियोगिता आयोजना गर्न लागेको बताएका छन् । मन्त्रालयले अहिले त्यसको तयारी सुरु गरेको छ ।

मन्त्रालयले पर्यटन प्रवद्र्धन शाखाका प्रमुख रामसुन्दर थापालाई कार्यक्रम संयोजनको जिम्मेवारी तोकेको छ । प्रदेश र जिल्ला एथलेटिक्स संघसँगको समन्वयमा म्याराथन दौड प्रतियोगिताको मोडालिटी तयार पारेर कार्यक्रम आयोजना गरिने भएको छ । यसमा पुरस्कार राशी के कति राख्ने भन्ने विषयमा मन्त्रालयले छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्