विराटनगर महोत्सवमा रिर्पोटिङ गर्न पुगेका दास र यादवमाथि सांघातिक आक्रमण

विराटनगर महोत्सवमा रिर्पोटिङ गर्न पुगेका दास र यादवमाथि सांघातिक आक्रमण

विराटनगर । लाईभ नेपाल अनलाईनका संचारकर्मी सोनुकुमार दासलाई रिर्पोटिङ गर्ने क्रममा अज्ञात समुहबाट सांङघातिक आक्रमण भएको छ ।

विराटनगर बसपार्क दक्षिण मजुवा पोखरीमा जारी विराटनगर महोत्सवमा जुवा जन्य खेलाईरहेको भन्ने सुचनाको आधारमा रिर्पोटिङ गर्न पुगेका दासमाथी नचिनेका अज्ञात समुहद्वारा कुटपिट गरेका छन् ।

शनिबार राती ९ बजेको समयमा महोत्सव भित्र जारी मेलामा जुवा जन्य क्रियाकलाप खेल भएको भिडियो खिच्ने क्रममा नचिनेका अज्ञात समुहले आफुहरुको कुटपिट गरेको दासले बताए । रिर्पोटिङका लागि आईभ नेपालकै क्यामारा पर्सन कपलेस यादवलाई पनि कुटपिट गरेको दासले आवर विराटनगरलाई जानकारी दिए ।


भित्र भएको जुवा जन्य खेलहरुको भिडियो खिचिरहेका थियौँ,केही व्यक्तिहरुले हामीलाई गिद्धे नजरले हेरिरहेका थिए दासले भने, झण्डै ४ मिनेटको भिडियो कैद गरेर बाहिर निस्कने क्रममा मादक पदार्थ सेवन गरेर आएका केही युवाहरुको हुलले पछाडीबाट हिर्काए । ‘यता म पुलिस पुलिस भन्दै भागेर नजिकै रहेको होटल रत्नमा पुगे ।’

तत्काल वडा प्रहरी कार्यालयबाट आएको प्रहरीको टोलीले आएर आफुहरुको ज्यान जोगाएको दासले सुनाए । दास र यादवको राती नै न्युरो हस्पिटल विराटनगरमा उपचारको लागि स्वास्थ्य चेकजाँच गराएका छन् । अहिले दुवै जना घरमा नै आराम गरिरहेका छन् । दासले आफुहरु माथी आक्रमण गर्ने दोषीउपर पत्रकार महासंघ मोरङ शाखा, वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षा पाउ भनि निवेदन समेत दिएको बताएका छन् ।

यस अघि पनि आफुमाथी पटक पटक कुटपिट र दुव्र्यव्यवहारको शिकार भईसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्