आमसञ्चार माध्यम तथ्यपरक र एकरुपता हुनुपर्छ : मुख्यमन्त्री कार्की

आमसञ्चार माध्यम तथ्यपरक र एकरुपता हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा तथ्यपरक र एकरुपता हुनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समान घटनामा फरक तथ्यसहित फरक समाचार आउन नहुने बताउनुभयो ।

‘एउटै घटनाका बारेमा जतिवटा मिडिया हे¥यो उति किसिमका समाचार आएका हुन्छ, यस्ता कुराले जनतामा भ्रम सिर्जना गर्छ, त्यसैले विचारमा आफ्नो मत जाहेर गरेपनि समाचारमा एकरुपता हुनुपर्छ ।’
उहाँले प्रदेश सरकारले गरेका विकास निर्माण, सुशासन र नीतिगत सुधारको खुलेर प्रचार गरिदिन आग्रह गर्नुभयो । उहाँले गलत कार्य भए आलोचना गर्न पनि आमसञ्चार क्षेत्रलाई छुट रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पत्रकारहरुको क्षमता अभिवृद्धि, पत्रकारिता क्षेत्रको संस्थागत विकास र अध्ययन अनुसन्धानका कार्यालाई अगाडि बढाउन सहयोग गर्ने बताउँदै आगमी आर्थिक वर्ष भित्र आवश्यक कानून निर्माण गरी प्रदेश स्तरीय सञ्चार प्रतिष्ठान गठनको काम अगाडि बढाउने जानकारी बताउनुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजधानी टुङ्गो लागेपनि संरचनाहरु निर्माण नभएको बताउँदै सरकारका आवश्यक संरचनाहरु कहाँ निर्माण हुन्छन् भन्ने कुराको सन्देश दिने गरी आगमी वर्ष काम अगाडी बढाउने बताउनुभयो ।

‘पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरु र प्रदेश सभाको कार्यालय निर्माण हुन्छन् र त्यसका लागि केही तयारी भइरहेको छ’ मुख्यमन्त्री कार्कीले भन्नुभयो–हामीले आवश्यक संरचना तयार पारेर प्रदेशको स्थायित्व चाहेका छौं ।

कोशी प्रदेश नामकरणका सन्दर्भमा भइरहेका विरोध कार्यक्रमहरु प्रति मुख्यमन्त्री कार्कीले शान्तिपूर्ण दवाव सिर्जना गरेर जनमत बटुल्ने छुट सबैमा भएको बताउनुभयो । उहाँले आफ्ना फोरममा छलफल गरेर जनमत तयार पार्ने, संगठन विस्तार गर्ने काम गरेर आगामी निर्वाचनपछि दुईतिहाई बहुमतले नाम परिवर्तन गर्न लक्ष्य राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेश सरकारले प्रदेश भित्रका चारजना अग्रज पत्रकारहरु सोमनाथ सुशेली, रोजेश विद्रोह, चन्द्रकला (अम्बिका ) भण्डारी र सटेन्द्र जबेगुलाई एक लाख रुपियाँ राशिको ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ र सम्मान पत्र मार्फत पुरस्कृत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरे, पुरस्कृत व्यक्तित्व सोमनाथ सुशेली र चन्द्रकला भण्डारीले पनि पत्रकारिता क्षेत्र मर्यादित र जिम्मेवार हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्