विराटनगरका पुराना कम्युनिस्ट नेता राधेश्याम दलिको निधन

विराटनगरका पुराना कम्युनिस्ट नेता राधेश्याम दलिको निधन

विराटनगर । पुराना कम्युनिस्ट नेता राधेश्याम दलिको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ । विराटनगर ११ स्थित आफ्नै घरमा विहान १२ः३० बजे दलिको निधन भएको हो ।

उनी लामो समयदेखि मुटुको रोगी थिए । कम्युनिस्ट विचारधाराका निष्ठावान नेता दलि नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमाझ प्रिय थिए ।
मनमोहन समूह र पुष्पलाल समूहका २०४३ सालमा भएको एकीकरणमा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो । श्रमिक दिवसको अवसरमा उनलाई विष्णुमाया पुस्तकालयले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान पनि गरेको थियो ।

दलि शिक्षक पनि थिए । उनले शिक्षण पेशाबाट आर्जन गरेको रकमले पार्टीलाई सहयोग गर्ने गरेका थिए । २०२६ र २०२८ को प्रान्तीयस्तरको सम्मेलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी पूर्व कोशी कम्युनिष्ट पार्टीका विभिन्न कार्यक्रमहरुको नेतृत्व गर्ने क्रममा २०२९ सालमा उनी जेल परेका थिए ।

उनकै नेतृतवमा २०२२ सालमा कलेजको शुल्क घटाउने आन्दोलन, कलेजको नाम परिवर्तन गर्ने आन्दोलन र २०२४ सालमा नारायण सिह डिआइजीको विरुद्धमा विद्यार्थी आन्दोलन भएको थियो । २०३६ सालमा भएको जनमत संग्रहमा पनि उनी बहुदलको प्रचारमा हिंडेका थिए । मनमोहन समूह र पुष्पलाल समूहको २०४३ सालमा भएको एकीकरणमा पनि उनको भूमिका रहेको बताइन्छ ।

२०४७ सालमा माक्र्सवाद पार्टीको अञ्चल कमिटीमा रहँदा नेकपा माक्र्सवादी र नेकपा मालेको एकीकरणमा पनि उनको सक्रिय भूमिका थियो । २०५१ सालमा पुष्पलालको सम्मान गर्न पुष्पलाल स्मारण्क समिति स्थापना गर्दा उनी त्यसको संस्थापक अध्यक्ष थिए । उनको एक छोरा, एक छोरी र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्