विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रेरक कक्षा

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रेरक कक्षा

विराटनगर । अपाङगता भएका व्यक्तिहरुका लागि एक दिवसीय प्रेरक कक्षा कार्यक्रम सम्पन्न भएको छ । फाउण्ड परियोजना विराटनगरको आयोजना र द लेप्रोसि मिसन नेपालको सहकार्यमा सोमबार विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि एक दिवसीय प्रेरक कक्षा कार्यक्रम सम्पनन भएको हो ।

अपाङगता भएको व्यक्तिहरुलाई राष्ट्रको आर्थिक गतिविधिसँग जोड्ने उदेश्यका साथ सञ्चालनमा आएको द लेप्रोसि मिसन नेपालले स्वरोजगार र औपचारीक रोजगारमा जोड्दै आइरहेको छ ।

जसका लागि यो संस्थाले आर्थिक अनुदान, शिपमुलक तालिम दिँदै आइरहेको छ । संस्थाबाट अनुदान लिएर गएका सेवाग्राहीहरुले योजना अनुसार काम गरेका छन या छैनन्, वर्तमान अवस्थामा चुनौती के कस्तो छ ? भन्ने विषयमा रहेर छलफल गर्न कार्यक्रम आयोजना गरिएको द लेप्रोसि मिसन नेपालका कोशी प्रदेश प्रमुख विपिन दाशले जानकारी दिए ।
उनका अनुसार संस्थाबाट अनुदान लिएर गएका ४० जना लाभग्राहीहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ । सहभागीहरुको समस्या, चुनौतीको विषयमा बुझन र उनीहरुको व्यवसायमा कसरी दिगोपना दिन सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘जति पनि अपा्गगता भएको व्यक्तिहरु बिँउपूजी अनुदानको रुपमा लिएर जानुभएको छ, वर्तमान अवस्थामा के कस्तो गर्दै हुनुहुन्छ ? कस्तो खाल्को चुनौती भोग्दै हुनुहन्छ ती चुनौती एकअर्कामा आदानप्रदान गर्नुहुन्छ, त्यहीबाट समाधान निस्किन्छ,’ उनले भने,‘ उहाँहरुको व्यवसायलाई कसरी दिगोपना दिन सकिन्छ त्यसैको लागि अझ बुझने गरी भन्नुपर्दा उहाँहरुलाई थप प्रेरणा दिनु पनि यो कार्यक्रम आयोजना गरिएइको हो । ’
कार्यक्रममा मोरङ, सुनसरीबाट सहभागिता जनाएका थिए । उनीहरुले द लेप्रोसि मिसन नेपालले अनुदानको रुपमा दिएको विउँपूजीले थप केही गर्न सक्ने हौसला प्रदान गरेको अनुभव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्