विराटनगरमा बुधबार राष्ट्रिय क्रिकेट टिमलाई नगरपरिक्रमासहित सम्मान गरिने

विराटनगरमा बुधबार राष्ट्रिय क्रिकेट टिमलाई नगरपरिक्रमासहित सम्मान गरिने

विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा निजी क्षेत्रले सम्मान गर्ने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आगामी २७ गते बुधबार विराटनगर महानगरपालिका परिक्रमा गराउँदै सम्मान गर्ने भएको हो ।

उद्योग संगठन मोरङका सदस्य पारस लुनियाका अनुसार राष्ट्रिय गौरवको विषय भएकोले योगदान गर्ने खेलाडीहरुलाई सम्मान गर्न लागिएको हो । उद्योगी एवं पूर्व क्रिकेट खेलाडी लुनियाकै पहलमा राष्ट्रिय क्रिकेटको टोली विराटनगर आउने भएको हो । उनीहरुलाई विराटनगर कन्चरबारीबाट बरगाछी–तीनपैनी–रोडशेष–महेन्द्रचौक–बरगाछीसम्म नगरपरिक्रममा गराईने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्योगी–व्यवसायीको तीनवटा संस्थाले संयुक्त रुपमा सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन् ।

खेलाडी ल्याउने पहल भएपछि नगरपरिक्रमाको रुट तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्