विराटनगर । ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको छ ।
आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो ।
यसपटक मिष्टर नेपाल ‘न्यु लुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुने आयोजकले जनाएको छ । कोशी प्रदेश मा मिस्टर नेपालका प्रदेश निर्देशक रूपमा विराटनगरका चर्चित फेसन इभेन्ट आयोजक रोनक अग्रवाल नियूक्त भएका छन् ।
प्रदेश निर्देशक रोनक अग्रवालका अनुसार १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन लिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकको गोर्खाली टोल स्थीत होटल थ्री इन मा ११ बजे देखि हुनेछ भने वैशाख ३० गते विराटनगरको कञ्चनबरीस्थित ह्वाइट हाउस (WHITEHOUSE) थकाली किचेन रेष्ट्रोमा ११ बजेदेखि हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्ने छन् । देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगितामा सहभागिताका लागि आवेदन फर्म तल राखिएको लिंकबाट भर्न सकिनेछ ।
आवेदनका लागि फर्म भर्नुहोस् :
https://forms.gle/bXNc6t7CoseRQxAM8