विराटनगरका मासु पसल मापदण्ड विपरीत

विराटनगरका मासु पसल मापदण्ड विपरीत

विराटनगर । विराटनगरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।

विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो ।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोली मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको थियो । सो क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको पाइएको छ ।

त्यसैगरी राम्ररी सिसा नलगाउँदा झिंगा भन्किएको भेटिएको थियो । उपभोक्ताले सफा, स्वच्छ मासु उपभोग गर्ने अधिकार भएको वडा नम्बर १९ का अध्यक्षसमेत रहनु भएका समितिका संयोजक घिमिरेको बताउनुभयो ।

उहाँले महानगरले सञ्चालन गरेका विभिन्न अभियानअन्तर्गत माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्नुभयो । अनुगमन टोली पुगेपछि कतिपय मासु पसल सञ्चालक बन्द गरेर हिंडेका थिए । अनुगमनका क्रममा मासुको गुणस्तर, पसलको व्यवस्थापन, दर्ता, नविकरणलगायतका काजजातसमेत हेरिएको महानगरको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो ।

अनुगमनमा संयोजक घिमिरे, शाखा प्रमुख यादव, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेल, नगर प्रहरीका सई तीर्थ खत्रीलगायतको सहभागिता रहेको थियो ।

अनुगमन टोलीले दर्ता र नविकरण नगरेका पसललाई १५ दिनभित्र दर्ता र नविकरण गर्न अल्टिमेटमसहितको पत्र दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्