विराटनगर बसपार्कको हाम्रो भान्सा घर : दोहारिएर पुग्छन्, स्वादले खान्छन् सेवाग्राही

विराटनगर बसपार्कको हाम्रो भान्सा घर : दोहारिएर पुग्छन्, स्वादले खान्छन् सेवाग्राही

विराटनगर। विराटनगरको बसपार्कमा आउने जो कोहिको पनि पहिलो नजर हाम्रो भान्सा घरमा पर्छ। पछिल्लो समय भान्सा घरको खाना ग्राहक माझ लोकप्रिय हुँदै गएको छ। विशेष गरि त्यहाँको परिकारमा थकाली खाना र मट्का बिरयानी ग्राहकहरुको पहिलो रोजाईमा पर्ने गरेको हो।

स्वथ्य परिकार, पारिवारिक वातावरण तथा सुलभ मूल्यमा गुणस्तरीय खानेकुरा पाईने भान्सा घर विराटनगरमा बसपार्कको पहिलो तल्लामा छ । संचालक मनोज सिंह राईका अनुसार अहिले बजारमा धेरै नै थकाली खाना बेच्ने भनेर होटल तथा रेष्टुरेन्ट संचालनमा आउने क्रम जारी नै छ । तर, थकाली परिकारको पूर्णता नहुने उनले सुनाए।

देशका विभिन्न ठाउँ तथा विदेशी नागरिक विराटनगर आउँदा हाम्रो भान्साको थकाली खाना खादा अर्कै आनन्द लिएर फर्कने गरेको दावी राईको छ । पारिवारिक वातावरण रहेको भान्सा घरको थकाली खाना र मट्का विर्यानीले छुट्टै पहिचान बोको छ । यहाँ थकाली खानाको परिकारमा मकैको च्याँख्ला मिसाईएको हुन्छ। थकाली सेट अनुसार ११ परिकार खानेकुरा रहेको संचालक मनोजले बताए। थकाली खाना झैँ मट्का विर्यानी समेत यहाँको पहिचान हो। संचालक मनोजका अनुसार मट्का विर्यानी हाम्रो भान्सा घरको रेसिपी नै रहेको जानकारी दिए। एक मट्का विर्यानीले आमा बुबा र सानो नानीलाई पुग्ने उनको दाबी छ।

विराटनगरमा हाम्रो भान्सा घर संचालनमा ल्याउनु भन्दा अघि इटहरीमा पुजा खाजा घरको नामले रहेको उनले बताए। विराटनगरमा संचालनमा ल्याएको चार वर्ष पुरा भएर ५ औँ वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म जानकारीमा राखेर एक पटक पुग्नेहरु दोहोरिएर त्यहाँ पुग्दै आएका छन् । सञ्चालक राईले कसैले जानकारी नपाएर पुग्न बाँकी भए एक पटक हाम्रो भान्सा घर छिर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्