विराटनगरमा शेखर कोइरालाले भने–नक्कली शरणार्थी प्रकरणमा जोडिने जतिलाई कारवाही हुनुपर्छ

विराटनगरमा शेखर कोइरालाले भने–नक्कली शरणार्थी प्रकरणमा जोडिने जतिलाई कारवाही हुनुपर्छ

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा गिरोहका रुपमा जोडिएका सबैलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा डाक्टर कोइरालाले राष्ट्रियस्तरको मात्रै नभई अन्तराष्ट्रिय तवरले समेत जोडिएको विषयलाई सरकारले गम्भीर भएर पहल लिनुपर्ने बताएका हुन् ।

्नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने इस्यु देशको लागि पनि लज्जाबोध गराउने भएकोले अनुसन्धानमा देखिएका सबै कारवाहीको दायरामा आउनु पर्नेमा उनको जोड थियो । गतल काम भएकोले राज्य संयन्त्रमा बसेर राष्ट्रघात गर्नेलाई छोड्न नहुने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्