विराटनगरमा यसरी भित्रन्छ भान्सामा प्रयोग गर्ने तोरी तेल : भारतमा म्याद गुज्रन्छ, नयाँ लेवल टाँसेर होमडेलिभरी हुन्छ

विराटनगरमा यसरी भित्रन्छ भान्सामा प्रयोग गर्ने तोरी तेल : भारतमा म्याद गुज्रन्छ, नयाँ लेवल टाँसेर होमडेलिभरी हुन्छ

विराटनगर । मूल्यान्तरको प्रभावले भारतको जोगबनी र विराटनगरको बजारमा भान्सामा प्रयोग हुने तोरी तेलको कारोबारमा दोहोरो खेल हुने गरेको छ । स्थानीय बजार भन्दा जोगबनीमा एक लिटर तेलको मूल्य ७० रुपैँया कम पर्दछ । नेपालका उद्योगीहरुले तोरी आयात गर्दछन् । तेल उत्पादन गरेर बजारमा पठाउँछन् । भन्सार दरका कारण यहाँको उत्पादन महंगो हुन्छ । तर, नेपालमा उत्पादन भएको तेल स्वथ्यकर हुन्छ ।
भारतबाट संगठितरूपमा तोरीको तेल तस्करी भईरहेको छ । खुल्ला सीमा क्षेत्रबाट तस्करी भएर आउने तोरी तेल बजारमा आउनु अगावै सशस्त्र र नेपाल प्रहरीको भान्सा र मुहार उज्यालो बनाउने सेटिङ भएको हुन्छ । त्यसको असर नेपालका उद्योगले ८० प्रतिशत उतपादन क्षमता घटाउनु परेको छ ।

जोगबनी बजारमा तेलको भण्डारण लामो समयसम्म हुन्छ । जसको म्याद गुज्रेपछि ‘पुससेल’ नेपालमा हुने गरेको छ । म्याद गुज्रेको तेलको प्याकिङ्गमा नयाँ लेवल लगाएर विराटनगरको बजारमा पठाउने गरिएको छ । जोगबनीका व्यापारीले अर्डर गरेको तेल तस्करमार्फत सोझै विराटनगर र पूर्वका बजारसम्म होमडेलिभरी दिने गरेका छन् । यसमा कति परिमाण चाहिन्छ त्यति नै घरसम्म पुग्ने गरेको छ ।

नेपाल चामल, तेल, दाल उत्पादक संघका उपाध्यक्ष एवम् विराटनगरको चन्द्रशिव आयल मिलका सञ्चालक नरेश राठीले तेल तस्करीका कारण स्वदेशी उद्योग समस्यामा परेको बताएका छन्। सीमा जोडिएको विराटनगर बजारमा त झन् अहिले तस्करी भई आउने सामानले किचेको छ । नेपाल प्रहरीका डिआईजी श्यामलाल ज्ञवालीको सरुवा भएसँगै विराटनगरका तस्कर र प्रहरीबीचको गहिरो सम्बन्ध स्थापित भएका कारण पनि पछिल्ला दिन जताततै तस्करी भएर आएका सामान बजारमा छ्यापछ्याप्ती भेटिन थालेका हुन् ।

केहि दिन अगाडी विराटनगरमा अर्थमन्त्री आउँदा समेत यो विषय उठेको थियो । तर, अर्थमन्त्रीसँग उठाएर तस्करी नियन्त्रण हुने नदेखिएपछि विराटनगरका कतिपय उद्योगी र व्यापारीले गृहमन्त्रीलाई सीमाबाट सेटिङमा भईरहेको तस्करीका बारेमा जानकारी दिने तयारी गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा खरो उत्रिएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लिखित पत्र पठाएर भएपनि अहिलेको तस्करी नियन्त्रणका लागि आग्रह गरिने भएको हो ।
विराटनगर बजारमा जोगबनीका व्यापारीले मागेभन्दा पनि बढी तोरी तेल अफर दिएर पठाईरहेका छन् । ‘१० ग्यालिन तेल चाहियो कि १ हजार ग्यालिन’ सीमापारिको बजारमा गएर अर्डर दिपछि भोलिपल्ट विराटनगरमा तेलको भण्डारण भईसक्छ’ एक व्यापारीले भने–रातभर सेटिङमा सीमाबाट मालवस्तु आईरहेको छ ।

उद्योगी राठीले पनि तेल तस्करी भईरहेको बताएका छन् । अनाधिकृत रुपमा तेल आयत हुँदा नेपालका उद्योगको उत्पादनले बजार पाउन छोडेको हो । सीमावर्ती नेपाली पसलहरूमा तस्करीको भारतीय तेल बिक्रीका लागि खुलमखुल्ला राखिएका छन्। सरकारी निकायले कुनै अनुगमन गरेको छैन । नियालेर हेर्ने हो भने तोरी तेलका ग्यालिन र पाउचमा दोहोरो लेवल भेट्न सकिने दावी छ । नेपालमा भन्दा भारतमा तोरीको तेल लिटरमा ७० रुपैयाँसम्मले सस्तो छ। अनधिकृत व्यापार गर्नेहरूले मूल्यको यही फरकको फाइदा उठाइरहेका छन्।

डिआईजी ज्ञवालीको सरुवा हुनु अगाडी चाँजोपाँजो मिलाईरहेका तस्करहरुले उनको सरुवा लगतै धमाधम तस्करी धन्दा सुरु गरेका हुन् । ज्ञवालीपछि निमित्त पाएका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला डिआईजीमा बढुवा भएर यहिं पदास्थापन हुनुमा पनि कुनै न कुनै खेल रहेको दावी गरिएको छ । संस्थागत र संगठित रूपमै अवैध आयात बढेको छ, त्यसमा नियन्त्रण गर्ने निकायको मिलेमतो रहेको उद्योगीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्