बुढीगंगामा नविन डिस्ट्रिव्युटर्सको गोदामबाट २१ थान लेड टिभी चोरेको आरोपमा दुईजना पक्राउ

बुढीगंगामा नविन डिस्ट्रिव्युटर्सको गोदामबाट २१ थान लेड टिभी चोरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवामा रहेको नविन डिस्ट्रिव्युटर्स प्रा.लि.को गोदामबाट २१ थान लेड टिभी चोरीमा संलग्न आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत महिना चैत २८ गते राती गोदामको झ्यालको रड काटेर हिसेन कम्पनीको ३९ इन्च लेड टिभी चोरी भएको थियो । प्रहरीले संलग्नलाई एक महिनासम्मको निगरानीबाट दुईदिन अगाडी बैशाख २७ गते पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुढीगंगा–४ का कोशन ऋषिदेव र सन्दिपकुमार ऋषिदेव रहेका छन् । उनीहरुको घर खानतलासी गर्दा ६ थान घरमै लुकाएर राखिएको अवस्थामा टिभी बरामद भएको थियो । यस्तै एकथान माटोमा गाडेर राखिएको अवस्थामा बरामद भएको छ ।

यसैगरी विराटनगर, बुढीगंगा र सुनसरीको विभिन्न स्थानमा बिक्री गरेको ८ थान टिभी समेत प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार चोरीमा संलग्नहरुको घरबाटै सामान बरामद भएको र उनीहरुले चोरीपछि बिक्री गरिएका कतिपय टिभी समेत फर्काइएको छ । उनीहरु विरुद्ध थप अनुसन्धानको काम भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्