विराटनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम : जरुरी पर्नेले फारम भर्छन्, मज्जाले काम गर्छन्

विराटनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम : जरुरी पर्नेले फारम भर्छन्, मज्जाले काम गर्छन्

विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विराटनगरमा १३५ जनाले एकसय दिन रोजगारी पाएका छन् । आर्थिक वर्ष २०७९÷२०८० को रोजगार कार्यक्रम विराटनगरका १९ वडामध्ये ९ वडामा चलिरहेको छ ।
महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष फागुनमा सूचना जारी गरेको थियो । चैतमा आकांक्षीहरुले बुझाएको आवेदन सर्भरमा इन्ट्री गरिएको थियो । महानगरपालि अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सहायक सरस्वती साहका अनुसार ७६ जना पुरुष र २४० जना महिलाले रोजगार आकांक्षासहित आवेदन दर्ता गरेका थिए । जसमध्ये १४० जना छनौटमा परेकामा रोजगार कार्यक्रममा १३५ मात्रै सहभागी छन् ।

वडाले तोकेर पठाएका योजनामा रोजगार आकांक्षीहरुले काम गर्दै आएका छन् । जसमध्ये सरसफाई, मर्मतका काम भएका हुन् । रोजगार सहायक साहका अनुसार वार्षिक ५० हजार भन्दा कम आय भएका १८ देखि ५९ वर्षसम्मका १४० जनाको बजेट प्राप्त भएकोमा १३५ जना रोजगार कार्यक्रममा सहभागी भएका छन् । रोजगार कार्यक्रममा सहभागि हुनेहरुमा अतिविपन्न परिवारका मात्रै रहेको साहको दावी छ ।
एकसय दिनसम्म दैनिक ५७७ रुपैँयाका दरले रकम पाउने गरि विपन्न तथा बेरोजगारलाई रोजगार दिईने सरकारले यो कार्यक्रम ल्याइएको थियो । सुरुका वर्षमा यसको चरम दुरुपयोग भएपनि अहिले विस्तारै अतिआवश्यकले मात्रै रोजगारको माग गर्दै सूचिकृत हुने गरेका छन् ।

विराटनगरका १९ वडामध्ये यो कार्यक्रम ९ वटा वडामा मात्रै सञ्चालनमा रहेको छ । जसमध्ये वडा नम्बर १ मा एकजना, ६ नम्बर वडामा ४५ जना, ४ नम्बर वडामा ६ जना (एकजना नआएको), १० नम्बर वडामा ८ जना (एकजनाले दुई महिना मात्रै काम गरेको), ११ नम्बरमा १० जना (दुईजना नआएको), १२ नम्बर वडामा ३ जना, १३ नम्बर वडामा १९ जना, १६ नम्बर वडामा १४ जना र १९ नम्बर वडामा १० जना छनौटमा परेर रोजगारीको अवसर लिईरहेका छन् ।

चालु आर्थिक वर्षको काम अन्तिम चरणमा पुगको छ । आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागि सूचिकृत हुन गरिएको आह्वानमा ९२० जनाले आवेदन दिएको रोजगार सहायक साहले जानकारी दिएकी छिन् । बेरोजगार भएको भन्दै सूचिकृत भएकामध्येको नामावली सर्भरमा इन्ट्री गरिएको छ । अब आगामी वर्षका लागि महानगरका आकांक्षीमध्ये कति संख्याका लागि बजेट प्राप्त हुन्छ, सूचिकृतमध्ये सबभन्दा कम आय भएकाहरुलाई छनौट गरेर रोजगार दिईनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्