महेन्द्र मोरङका विद्यार्थीलाई योग साधना सम्बन्धी ज्ञान

<span class='c1'>महेन्द्र मोरङका विद्यार्थीलाई योग</span> <span class='c2'>साधना सम्बन्धी ज्ञान</span>

विराटनगर । महेद्र मोरङ क्याम्पसका विद्यार्थीहरुलाई आत्म सशक्तिकरणको लागी योगा ध्यान शिविर तथा खेलकुदका कार्यक्रमहरु संचालन गरिएको छ ।

महेद्र मोरङ क्याम्पसका बिबिए संकायका विद्यार्थीहरुलाई लक्षितगरी आत्म सशक्तिकरण योगा ध्यान र खेलकुदका कार्यक्रमहरु संचालन गरिएको हो ।

विराटनगर १० मा रहेको ब्रह्माकुमारी राज्य सेन्टर विराटनगरबाट आएका विके विन्द्रा,शिव नारायण चौधरी, प्रोफेसर डाक्टर अजय भट्टराई र राजिव कर्जा लगायतले योगसाधन र योगध्यानको बारे विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

विद्यार्थीहरुलाई मानशिक र शारीरिक रुपमा स्वास्थ्य र तंदुरुस्त बनाउने उदेश्यका यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रामनरायण दासले जानकारी दिए ।

यता योगा ध्यानमा सहभागी भएका विद्यार्थीहरुले मानशिक रुपमा स्वास्थ्य रहन अनि आफुले आफुलाई चिनाउनको लागी पनि यस्ता खालका कार्यक्रमहरु बेला बेलामा गर्नुपर्ने विद्यार्थी प्रतिमा केशीले बताईन् ।

मानशिक र शारीरिक रुपमा स्वास्थ्य रहन यस्ता खालका योगाध्यान तथा खेलकुदका कार्यक्रमहरुले विद्यार्थीहरुलाई पढाईका अलवा बौद्धिक क्षमता अभिवृद्धीमा मद्दत पुग्ने अर्का विद्यार्थी अविष्कार खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्