विराटनगर । भ्रष्टाचार विरुद्धको अभियान विराटनगरमा पनि सुरु भएको छ ।
नागरिक समाजका अगुवाहरूको सहभागितामा बिहीबारदेखि अभियान सुरु भएको हो । विराटनगरको ट्राफिक चोकबाट सुरु भएको सो अभियान अनिश्चितकाल रहने अभियानमा सहभागि रहेका पूर्व सांसद सूयर्माराज राईले जानकारी दिए ।
उनका अनुसार नागरिक समाजका अगुवाहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई शान्तिपूणर् रूपमा अघि सारिएको बताएका छन् । भुटानी शरणार्थीको नाममा भएका भ्रष्टाचारसँगै भष्टाचारका अन्य विषयलाई पनि छानबिन हुनु पर्ने माग उनीहरूको रहेको छ ।
उनले भ्रष्टाचार विरुद्ध सुरु भएको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । बृहत् नागरिक अभियानकोे आन्दोलन हरेक दिन साँझ ५ बजेदेखि १ घण्टासम्म प्लेकार्ड सहित भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने माग सहित ट्राफिक चोकमा जम्मा हुने राईले बताए । अभियानमा संचारकर्मी, बुद्धिजीवी लगायतको समर्थन रहेको छ ।