बुढीगंगामा रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै एक युवा हाइटेन्सन लाइनको पोलमा

बुढीगंगामा रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै एक युवा हाइटेन्सन लाइनको पोलमा

विराटनगर । बुढीगंगा गाउँपालिका ७ स्थित डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् ।

स्थानीय ४० वर्षीय दिनेश कुमार माझी शनिबार बिहान ६ बजे प्रसारण लाइनको पोलमा चढेको स्थानीयले बताएका छन् ।

माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।
‘अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् । ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ । तर, युवाले मानिरहेको छैन ।’ अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने वातावरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् ।

वडाध्यक्ष थारुका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्