विराटनगरका उद्योगीहरुको संगठनको अध्यक्षमा राकेश सुराना

विराटनगरका उद्योगीहरुको संगठनको अध्यक्षमा राकेश सुराना

विराटनगर । उद्योग संगठन मोरङको आगामी दुईवर्षे कार्यकालका लागि राकेश सुरानाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिबार भएको निर्वाचनमा सुरानासहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष्ँ पदमा नन्दकिशोर राठी, उपाध्यक्ष्ँ (वित्तिय क्षेत्र) पदमा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि÷उर्जा÷ जलश्रोत) पदमा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) पदमा बिपिन कावरा र कोषाध्यक्ष पदमा सुवोध कोईराला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यको ८ पदमा सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दिपक कुमार अग्रवाल र बीरेन्द्र राठी निर्विरोध निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्