उपचार सकियो, पैसा नहुँदा विराटनगरको अस्पतालमा बास

उपचार सकियो, पैसा नहुँदा विराटनगरको अस्पतालमा बास

विराटनगर । सुनसरीको धरानमा पानी ढुवानी गर्ने मिनी ट्रकका चालक थिए, भोजपुरका राजकुमार तामाङ । उनी पारस पोखरेलको सवारीको चालक भएर आफ्नो ढेडवर्षको नानी र श्रीमती निरुताको पालनपोषण गर्दै आएका थिए । एक महिना अगाडी पानी तान्ने पम्पमा पेट्रोल हालिरहेका तामाङको शरिरमा एक्कासी आगो सल्कियो । उनको शरिरमा पेट्रोलमा फैलिएको आगोको लप्काले लपेटियो र हातदेखि घाँटीसम्म जल्यो ।

उपचारका लागि विराटनगर शनिहाट पूर्व रेडक्रस भवनमा सञ्चालित निजी अस्पताल रेडप्लसमा भर्ना गरियो । उपचार भएर उनी अहिले अस्पतालमै बास बसिरहेका छन् । घर फर्कन चाहने उनी, श्रीमती निरुता र ढेडवर्षे नानीको ईच्छा पैसाले रोकिदियो ।
अस्पतालमा अब एकलाख २६ हजार र फार्मेसीमा एकलाख ३० हजार रुपिँया पैसा तामाङले बुझाउनु पर्नेछ । उपचार गराएको अस्पताललाई उनी पैसा बुझाउन सकिरहेका छैनन् । गाडीधनी पारस पोखरेलसँग पनि पैसा छैन । गाडीको चालक तामाङ र गाडीधनी पोखरेलको अवस्था उस्तै रहेको छ ।

यद्यपी गाडी धनी पोखरेलले पैसा तत्काल जुटाउन नसक्ने स्थिति रहेकाले गाडी नै अस्पतालमा राखेर तामाङलाई घर पठाईदिन आग्रह गर्दै आएका छन् । तर, अस्पताल प्रशासन उपचारपछि घर फर्कनु पर्ने तामाङ, उनकी श्रीमती र ढेडवर्षे बालकलाई अस्पतालमै रोकेर पैसा मागिरहेको छ ।
तामाङकी श्रीमती निरुताले नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमा समेत हारगुहार मागिरहेकी छिन् । स्थानीय प्रशासनले नागरिकलाई असजिलो परेको विषयमा जानकारी लिएर पनि कुनै सहयोग नगरेको उनको गुनासो छ । घर त जान दिए भोजपुरमा भएको जग्गा बिक्री गरेर भएपनि अस्पतालको पैसा बुझाउने थियौं, निरुताले भनिन्–नानीको बिजोक भईसक्यो ।

अस्पताल प्रशासनले तामाङको विषयमा बुझ्न कोहि आए गेटबाटै केरकार गर्दै आएको छ । सार्वजानिक मानिने अस्पताल भित्र कोहि बिरामी परेको वा कोहि असजिलो परेका नागरिकको गुनासो सुन्न जाँदा प्रशासनको अनुमति बिना कुरा गर्न नपाईने बताउने गरिएको छ । रेडप्लस अस्पतालमा सरकारी अस्पताल कोसीका कर्मचारीहरुको लगानी रहेको छ । कतिपय बिरामी कोसीका लागि आएभने बिच बाटोबाटै एम्बुलेन्सलाई रेडप्लसमा पु¥याउने संयन्त्र तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्