भ्रष्टाचार विरुद्धको अभियानमा विराटनगरका युवाहरु अर्धनग्न

भ्रष्टाचार विरुद्धको अभियानमा विराटनगरका युवाहरु अर्धनग्न

विराटनगर । भ्रष्टाचार विरुद्धको अभियानमा विराटनगरका युवाहरु अर्धनग्न भएर विरोध जनाएका छन् ।

विराटनगरस्थित ट्राफिक चौकमा युवाहरुले आइतबार भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध जनाएका हुन् ।

मुलुकाको राजनीतिक दल र सिस्टम नै नाङ्गो भईसकेकाले यसको विरोधमा सरकारलाई सांकेतिक रुपमा खबरदारी स्वरुप विरोध जनाएको आन्दोलनमा सहभागी उत्तम ढुंगलले बताए ।

नेताहरु सबै नाङघिए उनीहरुसँगै जनता नाङघिन सुरु भएको र अब विस्तारै सटर बन्द हुने अवस्था सृजना भएकाले खबरदारी स्वरुप विरोध जनाएको विराटनगर १ का अच्युत गिरिले बताए । राजनीतिक दलहरुले मुलुकलाई नाङ्गो बनाएको र त्यो नाङ्गोपनलाई कसरी सम्बोधन गर्ने या बुझाउने भन्नका लागि विरोधमा उत्रिएको अर्का सहभागी श्याम कोइराला बताउँछन् ।

उनले आज सडकमा कम संख्यामा उत्रिएको भए पनि आगामी दिनमा देशैभर यस्तो आन्दोलन हुने दाबी गरे । यतिबेला भ्रष्टाचारविरुद्ध प्रदर्शन देशैभर भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्