विराटनगरबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

<span class='c1'>विराटनगरबाट स्रोत नखुलेको रकम</span> <span class='c2'>सहित एक जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् ।

विराटनगर-१५ का ४३ वर्षीय अनिल यादबलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी(RIT) बाट खटिएको प्रहरी टोलीले बी आर ३३ जेड९७९६ नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई शंका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ४ लाख ६२ हजार ५ सय बरामद गरेको थियो ।

स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ परेका यादबलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्