विराटनगरमा विद्यार्थीलाई ब्रोसरको भारी, सडकमा छरपस्ट फोहोर

विराटनगरमा विद्यार्थीलाई ब्रोसरको भारी, सडकमा छरपस्ट फोहोर

विराटनगर । कक्षा १२ को परीक्षा जारी छ । परीक्षा केन्द्रबाट विद्यार्थी बाहिर निस्कन्छन् । मुल ढोका बाहिर ब्रोसर थमाउनेको जर्बरजस्ती छिचोल्न मुस्किल मान्छन् । कक्षा १२ का विद्यार्थीले यस पछि के अध्ययन गर्ने र कसरी आफ्नो भविष्य सुधार्ने करिब–करिब कक्षा ११ देखि नै सोचिरहेका हुन्छन् । तर, विराटनगरको परीक्षा केन्द्रहरुमा ब्रोसर बाँड्नेहरुलाई भने त्यो पत्यार लागिरहेको देखिदैन ।

मानौं की खास अभिभावकनै ब्रिजकोर्ष सञ्चालक, इष्टिच्यूट र कलेजहरु हुन् भने जस्तो गरेर आफ्नो प्रचार थमाउने ताँती परीक्षा केन्द्रहरुमा अहिले देखिने गरेको छ । रातभर पढेर परीक्षा लेख्न आएका विद्यार्थीले अर्को दिनको परीक्षा सोचिरहेका बेला ब्रोसर थमाउनेहरुलाई छिचोल्न झन्झट बेहोर्नु पर्ने गरेको गुनासो गर्दछन् ।

परीक्षा सकाएर गेटबाट निस्किने बित्तिकै ब्रोसर दिने व्यक्तिहरुले घेरेर बोक्नै नसक्ने गरी थमाइदिने गरेको विद्यार्थी बताउँछन् । विद्यार्थीलाई भीड छिचोल्न ब्रोसर समाउनु छ, भीड छिचोल्न साथ सडकमा फ्याँकिने ब्रोसरले शहर पनि फोहोर भईरहेको छ ।
कक्षा १२ को परीक्षा भईरहेका केन्द्र बाहिर ब्रोसर छरिएर भएको फोहोर बारे चिन्ता भने कसैलाई छैन । शिक्षामा कहलिएर कक्षा १२ भन्दा माथिल्ला कक्षाको अध्यापन गराउन शैक्षिक संस्था खोलेका प्राज्ञिक व्यक्तिहरुले समेत ब्रोसरको फोहोरले विद्यार्थीको मस्तिष्कदेखि सडकको स्वरुपसम्मलाई बिथोलेको अनदेखा गरिरहेका छन् ।

सुचना र प्रविधिको युगलाई उपयोग गरिरहेका विद्यार्थीलाई प्रचार सामाग्रीको रुपमा कागजको टुक्रा थमाउने हतारोले सफा र सुन्दर बनाउन पहल सुरु भएको विराटनगरलाई कुरुप बनाउन मात्रै प्रयास भईरहेको छ । यस विषयमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सडकमा जथाभावी फोहोर उत्पादन गर्ने कार्यलाई रोकिने दावी गरेका छन् । उनले शहरको सुन्दरतामा सबैको मान बढ्ने भएपनि जाने वा नजानेर प्रचार सामाग्री सडकको छरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘हामी नियन्त्रण गर्ने सोचमा छौं, सफा र सुन्दर विराटनगर बनाउने अभियानमा यस्तो फोहोरशैलीलाई निस्तेज गरिनेछ’ प्रमुख कोइरालाले भने–कारवाही गर्नुपर्ने ठाउँसम्म बढ्ने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्