हाजी इन्जिनियरिङद्वारा डस्विन प्रदान विराटनगर महानगरलाई

हाजी इन्जिनियरिङद्वारा डस्विन प्रदान विराटनगर महानगरलाई

विराटनगर । विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाई विशेष किसिमको डस्विन प्रदान गरेको छ ।

आज आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गर्नु भएको हो । पहिलो चरणमा महानगरलाई १० थान डस्विन प्रदान गरेको वर्कसपका सञ्चालक मोहम्मद अनवर अन्सारीले बताउनुभयो ।

महानगरलाई चार महिनाभित्र १ सय २५ थान डस्विन प्रदान गरिसक्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विराटनगर बनाउने दायित्व सबैको भएकाले आफूले महानगरले जारी राखेको सरसफाई अभियानमा सहयोग पुगोस् भनेर निःशुल्क रुपमा डस्विन प्रदान गरेको जानकारी दिनुभयो ।

डस्विन निर्माण गर्दा एउटाको १२ हजार ५ सय परेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा मेयर कोइरालाले अनबर जस्तै मनकारीहरुको साथ र सहयोग प्राप्त भए विराटनगर समृद्धि र व्यवस्थित बन्न समय नलाग्ने दाबी गर्नुभयो । उहाँले महानगरको एक्लो प्रयासले मात्रै विराटनगरको विकास गर्न नसकिने उल्लेख गर्नुभयो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभयो ।

उहाँले अभियान सफल बनाउन सबैलाई सहयोग गर्न आग्रहसमेत गर्नुभयो । महानगरको सरसफाई शाखाका प्रमुख पुनम दाहालले प्राप्त डस्विनलाई मुख्य बजार क्षेत्रमा राखिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्