विराटनगरको प्रमुख प्रशासकीय अधिकृतमा पराजुली, कोइरालाको विदाई

विराटनगरको प्रमुख प्रशासकीय अधिकृतमा पराजुली, कोइरालाको विदाई

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र पराजुली आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएपछि पराजुलीलाई विराटनगर पठाइएको हो ।

सोमबार सरुवा भएका कोइरालालाई औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले विदाई गरेको थियो भने पराजुलीलाई महानगरपालिकामा स्वागत गरिएको थियो । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर कोइरालाको विदाई गरेलगतै पराजुलीलाई स्वागत गरेका हुन् ।

आठ महिना अगाडी कोइराला विराटनगरको प्रमुख प्रशासकीय अधिकृत भएर आएका थिए । उनले कर्मचारी संयन्त्रलाई चलायमान बनाएका थिए । प्रशासनिक रुपमा उनी कडाई स्वभावमा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्